• ट्रेण्डिङ्ग :
कांग्रेस १४ औं महाधिवेशन
केन्द्रीय निर्वाचन समितिका प्रतिनिधि जनकपुरमा, सहमति नजुटे प्रदेश २ को अधिवेशन स्थगन गर्ने

केन्द्रीय निर्वाचन समितिका प्रतिनिधि जनकपुरमा, सहमति नजुटे प्रदेश २ को अधिवेशन स्थगन गर्ने


  • 8.1K
    SHARES
    • मंसिर २०, २०७८ सोमबार
    • ४ बर्षs अघि
    • 12.5K Views

    केन्द्रीय निर्वाचन समितिका प्रतिनिधि जनकपुरमा, सहमति नजुटे प्रदेश २ को अधिवेशन स्थगन गर्ने

    काठमाडौं, २० मंसिर । नेपाली कांग्रेसको आसन्न १४ औं महाधिवेशन अन्र्तगत प्रदेश २ मा जारी विवाद समाधानकालागि केन्द्रीय निर्वाचन समितिले प्रतिनिधि जनकपुर पठाएको छ । आन्तरिक गुटका कारण विवाद हुदा गत शुक्रबार उद्घाटन भएको प्रदेश अधिवेशन अहिलेसम्म अन्यौलमा छ ।

    images

    दुई समुहबीच तिव्र विवादका कारण प्रदेश २ अधिवेशन नै स्थगित गर्ने निर्णयमा पुगेपछि केन्द्रीय निर्वाचन समितिले सदस्यहरु सिताराम केसी र तेज रावललाई जनकपुर पठाएको केन्द्रीय निर्वाचन समिति सचिव केशव रिजालले बताउनुभयो । तेस्रो आँखासँग कुरा गर्दै सचिव रिजालले समितिका पदाधिकारीले स्थलगत अवलोकन गरेर जानकारी गराएपछि केन्द्रीय समितिले निर्णय गर्ने बताए ।

    प्रदेश क्षेत्रीय अधिवेशन प्रतिनिधि विवादका कारण स्थगित अधिवेशन सुरुगर्ने वा नगर्ने भन्ने विषयमा निवार्चन समिति नै अन्यौलमा छ । जनकपुर पुगेका दुई सदस्यहरुले स्थलगत अवलोकन गरेपछि स्थानीय नेताहरु, केन्द्रबाट पुगेका प्रतिनिधि र निर्वाचन अधिकृतसंग छलफल गर्ने छ । सहमति भए अधिवेशनकाे मिति तय हुने सहमति हुन नसके स्थगित गर्ने निर्वाचन समितिको तयारी छ । 

    प्रदेश अधिवेशकालागि समयमै मतदाता नामावलि केन्द्रले नपठाएको भन्दै प्रदेश निर्वाचन समितिले अधिवेशन नै स्थगित गर्ने निर्णयमा पुगेको छ । सकेसम्म अधिवेशन गर्ने नर्भए महाधिवेशन पश्चात नेतृच्व चयन गर्ने विषयमा छलफल हुने निर्वाचन समितिले जनाएको छ । 

    महाधिवेशन आउन ४ दिन बाँकी रहदै गर्दा प्रदेश अधिवेशनले प्रभाव पर्ने नेताहरुको भनाई छ । प्रदेशको सर्लाही जिल्लाको ७ वटा वडामा अधिवेशन अन्यौलमा छन् । निर्वाचन समितिले पटक—पटक ताकेता गर्दा पनि अधिवेशन नगर्ने १६ जिल्लाको जिल्ला अधिवेशन स्थगित गरिसकेको छ । 
     
     

  • सम्बन्धित विषय:

  • # १४ औं महाधिवेशन

  • तेस्रो आँखा