• ट्रेण्डिङ्ग :
नेप्से परिसूचक दोहोरो अंकले घट्याे

नेप्से परिसूचक दोहोरो अंकले घट्याे


  • 6.3K
    SHARES
    • आषाढ २१, २०७९ मंगलबार
    • ४ बर्षs अघि
    • 9.7K Views

    नेप्से परिसूचक दोहोरो अंकले घट्याे

    काठमाडौं, २१ असार । मंगलबार नेप्से परिसूचक दोहोरो अंकले घटेको छ । मंगलबार बजार ४६.०८ अंकले घट्दै २०३०.५९ बिन्दुमा आएर रोकिएको छ । सोमबार भने सेयर बजार २०७६.६७ बिन्दुमा आएर रोकिएको थियो ।

    images

    सोमबारको तुलनामा मंगलबार कारोबार रकममा पनि कमि आएको छ । मंगलबार २ अर्ब ९६ करोड ८४ लाख ८५ हजार २२३ रुपैयाँको कारोबार भएको छ । सोमबार भने ४ अर्ब ३४ करोड ९२ लाख ७३ हजार ५९३ रुपैयाँको कारोबार भएको थियो ।

    मंगलबार कुल २२९ वटा कम्पनीको ४९ हजार ४१६ वटा कारोबारबाट ८६ लाख १३ हजार ४८९ कित्ता सेयर किनबेच भएको छ । घट्दो बजारमा पनि सीवाईसी नेपाल लघुवित्तको मूल्यमा पोजेटिभ सर्किट लाग्यो । ङ्याग्दी ग्रुप पावर, आँधीखोला लघुवित्त वित्तीय संस्था, स्वाभिमान लघुवित्त वित्तीय संस्था, युनियन हाइड्रोपावर लगायतका कम्पनीको मूल्य बढ्यो ।

    घलेम्दी हाइड्रोपावर, दिव्यश्वरी हाइड्रोपावर, एजोड इन्स्योरेन्स लिमिटेड, सीईडीबी हाइड्रोपावर कम्पनी, शिव श्री हाइड्रोपावर सहितका कम्पनीको सेयर मूल्य धेरै घटेको छ ।


    तेस्रो आँखा
    लेखकबाट थप