• ट्रेण्डिङ्ग :
विराटनगर महानगरपालिकाले सडक मानवमुक्त अभियान सञ्चालन गर्याे

विराटनगर महानगरपालिकाले सडक मानवमुक्त अभियान सञ्चालन गर्याे


  • 7.2K
    SHARES
    • आषाढ २२, २०७९ बुधबार
    • ४ बर्षs अघि
    • 11.1K Views

    विराटनगर महानगरपालिकाले सडक मानवमुक्त अभियान सञ्चालन गर्याे

     विराटनगर,२२ असार । विराटनगर महानगरपालिकाले सहयोगापेक्षी सडक मानवमुक्त अभियान सञ्चालन गरेको छ । विभिन्न मन्दिर र सार्वजनिकस्थलमा बसेर मागेर खानेलाई महानगर प्रहरीले उद्धार गर्ने अभियान सुरु गरेको हो ।

    images

    महानगरले सडक मानवमुक्त अभियान सञ्चालनमा बढी जोड दिएको प्रमुख नागेश कोइरालाले बताए । उहाँका अनुसार काम गरेर खान सक्ने अवस्थाका व्यक्तिहरू पनि माग्न बस्ने गरेका छन् । अशक्त र सहाराविहीनलाई विराटनगरस्थित मानव सेवा आश्रमको जिम्मा लगाइएको छ । “परिश्रम गरेर पनि खान सक्ने व्यक्ति मागेर खाने गरेको देखियो । यो समाजका लागि ठीक होइन । गर्न सक्नेले काम गरेर खानु पर्याे ”, प्रमुख कोइरालाले भने ।  

    यसैबीच महानगरले फुटपाथ खाली गर्ने अभियानलाई तीव्रता दिएको छ । नाली नै जाम हुने गरी निर्माण सामग्री राख्दा डुबानको समस्या निम्तिने गरेको छ । त्यस्तै छाडा चौपायालाई नियन्त्रणमा लिन पनि महानगर अग्रसर भएको छ । खसी, बाख्रा, गाई र भैँसी नियन्त्रणमा लिएर जरिवाना तिराएर सम्बन्धित पशुधनीलाई बुझाइएको महानगरले जनाएको छ ।


    तेस्रो आँखा
    लेखकबाट थप