• ट्रेण्डिङ्ग :
नेप्से परिसूचक दोहोरो अंकले बढ्यो

नेप्से परिसूचक दोहोरो अंकले बढ्यो


  • 6.4K
    SHARES
    • आषाढ २२, २०७९ बुधबार
    • ४ बर्षs अघि
    • 9.9K Views

    नेप्से परिसूचक दोहोरो अंकले बढ्यो

    काठमाडौं, २२ असार । तीब्र उतार चढावका बीच बुधबार नेप्से परिसूचक दोहोरो अंकले बढेको छ । बुधबार बजार परिसूचक १३.३३ अबंकले बढेर २०४३.९२ को बिन्दुमा पुगेको हो ।

    images

    बुधबार २२८ कम्पनीको ६२ लाख ६३ हजार ३१० कित्ता सेयर सेयर ३८ हजार ८ पटक खरिद बिक्री हुँदा कुल कारोबार रकम २ अर्ब १७ करोड ८६ लाख ५५ हजार ७ सय रह्यो ।

    बुधबार लाइफ इन्स्योरेन्स कर्पोरेसनको सेयर मूल्यमा सकारात्मक सर्किट लाग्यो । सीवाईसी नेपाल लघुवित्त, तेह्रथुप पावर, सिभिल बैंक, रिलायन्स फाइनाइन्सको सेयर मूल्य धेरै बढ्ने कम्पनीहरुमा रहे ।

    एनसीसी डिबेन्चर, सिटिजन्स म्युचल फन्ड, स्वभिमान लघुवित्त लगायतको सेयर मूल्य सबै भन्दा धेरै घट्यो । धेरै कारोबार हुने कम्पनीमा गोर्खा फाइन्यन्स, लाइफ इन्स्योरेनस कर्पोरेसन र सिभिल बैंक लगायत रहे । म्युचल फण्ड, ननलाइफ र बैंकिङबाहेकका सबै उपसमूहमा हरियाली छायो ।


    तेस्रो आँखा
    लेखकबाट थप