• ट्रेण्डिङ्ग :
सोमबार सेयर बजारमा ७७.०१ अंकको गिरावट

सोमबार सेयर बजारमा ७७.०१ अंकको गिरावट


  • 5.6K
    SHARES
    • आषाढ २७, २०७९ सोमबार
    • ४ बर्षs अघि
    • 8.6K Views

    सोमबार सेयर बजारमा ७७.०१ अंकको गिरावट

    काठमाडौं, २७ असार । निरन्तर घट्दो क्रममा रहेको सेयर बजारमा यो साताको पहिलो कारोबार दिन सोमबार ७७.०१ अंकको गिरावट आएको छ । आगामी मौद्रिक नीति संघारमा रहेका बेला नेप्से भने ओरालो यात्रामा छ । सोमबार कारोबारको प्रारम्भबाटै ओरालो लागेको बजारमा कुल २२७ कम्पनीको कारोबार भयो ।

    images

    यस दिन ४५ हजार १९६ पटक कारोबारबाट ६३ लाख १३ हजार ६४१ कित्ता सेयर किनबेच भएको छ । कारोबार रकम सोमबार २ अर्ब ३२ करोड ५६ लाख ४१ हजार २२ रुपैयाँको भएको छ । सबै उपसमूहको सेयर मूल्य घट्दा सबैभन्दा धेरै जलविद्युत, व्यापार र तथा वित्त कम्पनीका लगानीकर्ताले गुमाएका छन् ।

    सोमबार सानिमा डिभेन्चरको मूल्य सबैभन्दा धेरै २ प्रतिशतले बढ्यो । बीओके डिभेन्चर, गुडविल फाइनान्स डिभेन्चरको मूल्य समेत धेरै बढ्नेमा रह्यो । सोमबार ग्रामिण विकास लघुवित्त वित्तीय संस्थाको मूल्यमा नेगेटिभ सर्किट लाग्यो । किसान लघुवित्त, ग्लोबल आईएमई समुन्नत, हिमालयन पावरसहितको सेयर मूल्य भने धेरैले घटेको छ । हिमालयन डिष्ट्रिलरीको सबैभन्दा धेरै कारोबार भएको छ ।


    तेस्रो आँखा
    लेखकबाट थप