• ट्रेण्डिङ्ग :
तीन कम्पनीलाई आईपीओ निष्काशन गर्न धितोपत्र बोर्डको स्वीकृति

तीन कम्पनीलाई आईपीओ निष्काशन गर्न धितोपत्र बोर्डको स्वीकृति


  • 5.6K
    SHARES
    • आषाढ २८, २०७९ मंगलबार
    • ४ बर्षs अघि
    • 8.6K Views

    तीन कम्पनीलाई आईपीओ निष्काशन गर्न धितोपत्र बोर्डको स्वीकृति

    काठमाडौं, २८ असार ।  नेपाल धितोपत्र बोर्ड ३ वटा कम्पनीलाई धितोपत्रको प्राथमिक सार्वजनिक निष्कासन (आईपीओ) जारी गर्ने अनुमति दिएको छ ।

    images

    बोर्डले २३ असारमा सिक्लेस हाइड्रोपावर लिमिटेडलाई र २४ असारमा धौलागिरी लघुवित्त वित्तीय संस्था र अभियान लघुवित्त वित्तीय संस्थालाई आइपीओ निष्काशन गर्न स्वीकृत दिएको हो । सिक्लेस हाइड्रोपावरले आयोजना प्रभावित स्थानिय र सर्वसाधारणको लागि समेत गरि प्रतिकित्ता १०० रुपैयाँ अंकित मूल्यमा २० करोड रुपैयाँ बराबरको २० लाख कित्ता सेयर निष्काशन गर्ने अनुमति पाएको छ ।

    कम्पनीको धितोपत्र निष्कासन तथा विक्री प्रबन्धकमा बीओके क्यापिटल लिमिटेड रहेको छ । धौलागिरी लघुवित्तले पनि प्रतिकित्ता १०० रुपैयाँ अंकित मूल्यमा ३ करोड ३१ लाख बराबरको ३ लाख ३१ हजार कित्ता सेयर सार्वजनिक निष्काशन गर्ने अनुमति पाएको छ ।

    अभियान लघुवित्तले १०० रुपैयाँ अंकित मूल्यकै ९ करोड ७५ लाख रुपैयाँ बराबरको ९ लाख ७५ हजार कित्ता साधारण सेयर निष्काशन गर्ने अनुमति पाएको छ । आईपीओ निष्कासनको लागि धितोपत्र निष्कासन तथा बिक्री प्रबन्धकमा धौलागिरी लघुवित्तको सनराइज क्यापिटल लिमिटेड र अभियान लघुवित्तको मुक्तिनाथ क्यापीटल लिमिटेड रहेको छ ।

  • सम्बन्धित विषय:

  • # आइपिओ

  • तेस्रो आँखा
    लेखकबाट थप