• ट्रेण्डिङ्ग :
जिल्ला कारागार मोरङमा ज्वरोको प्रकोप बढ्याे

जिल्ला कारागार मोरङमा ज्वरोको प्रकोप बढ्याे


  • 9.4K
    SHARES
    • आषाढ ३१, २०७९ शुक्रबार
    • ४ बर्षs अघि
    • 14.5K Views

    जिल्ला कारागार मोरङमा ज्वरोको प्रकोप बढ्याे

    विराटनगर,३१ असार । जिल्ला कारागार मोरङमा ज्वरोको प्रकोप देखिएको छ। विराटनगर महानगरपालिका-८ स्थित कारागारका कैदी बन्दी ज्वरोका कारण बिरामी पर्न थालेका हुन्। कारागार प्रशासनका अनुसार लगभग एक साताअघिदेखि सुरु भएको ज्वरोले अहिले प्रकोपको रूप लिएको हो।  प्रकोपका रूपमा ज्वरो फैलिएपछि कारागारभित्रको अवस्था समस्याग्रस्त बनेको छ। 

    images

    अत्यधिक ज्वरो आएपछि उपचारका लागि विराटनगरको कोसी अस्पताल भर्ना गरिएका एक जना कैदीको बिहीबार दिउँसो मृत्यु भएको छ। १८ जना कैदी बन्दीको कोसीमै उपचार भइरहेको छ। कारागारका निमित्त जेलर तुलसीराम भगतका अनुसार बिरामी परेपछि उपचारका लागि भर्ना गरिएका मोरङको सुन्दरहरैँचा नगरपालिका(४ का ३९ वर्षीय नीरबहादुर नेपालको मृत्यु भएको हो। 

    ज्यान मार्ने उद्योगको मुद्दामा अदालतले दोषी ठहर गरेपछि २०७६ साउन २५ गतेदेखि उनले कारागारमा बसेर कैद सजाय भुक्तान गरिरहेका थिए।  १०४ डिग्री ज्वरो आएपछि उनलाई उपचारका लागि बिहीबार नै अस्पताल भर्ना गरिएको थियो। आईसीयूमा राखेर उपचार भइरहेकोमा दिउँसो साढे १ बजेतिर मृत्यु भएको निमित्त जेलर भगतले बताए। 

    उनका अनुसार शव परिवारका सदस्यले बुझेर लगिसकेका छन्। सामान्य ज्वरो आएका कारण गत असार २५ गते पनि अस्पताल पुर्याइएका नेपाललाई त्यतिबेला उपचारपछि फर्काएर कारागार नै लगिएको थियो।  १०० डिग्रीभन्दा बढी ज्वरो आएका १८ जनालाई उपचारका लागि अस्पताल भर्ना गरिएको उनले जानकारी  दिए। बिरामी पर्नेमा ६ जना कैदी र १२ जना बन्दी रहेका छन्।  उनका अनुसार कारागारभित्र सामान्य ज्वरो आउनेको संख्या धेरै छ। 

     


    तेस्रो आँखा