• ट्रेण्डिङ्ग :
नेप्से परिसूचकमा झिनो अङ्कको वृद्धि

नेप्से परिसूचकमा झिनो अङ्कको वृद्धि


  • 5.9K
    SHARES
    • श्रावण ४, २०७९ बुधबार
    • ४ बर्षs अघि
    • 9.1K Views

    नेप्से परिसूचकमा झिनो अङ्कको वृद्धि

    काठमाडौं, ४ साउन। धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज पनि झिनो अङ्कले उकालो लागेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से परिसूचक ४.८९ अङ्कले उकालो लागेर दुई हजार ५०.५९ मा पुगेको छ । यस्तै, ठूला कम्पनीको शेयर कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक ०.९७ अङ्कले उकालो लागेर ३९२.५० मा पुगेको छ । 

    images

    कूल २१७ कम्पनीको ४१ लाख ३३ हजार ७०९ कित्ता शेयर रु एक अर्ब ७३ करोड १८ लाख ३२ हजार २७० मूल्यमा खरिद बिक्री भयो । कारोबार भएका कूल १३ उपसमूहमध्ये पाँच उपसमूहको शेयर मूल्य ओरालो लागेको छ भने आठ उपसमूहको शेयर मूल्य भने उकालो लागेको छ । बैँकिङ ०.६२, व्यापार १२.१७, होटल तथा पर्यटन ९.७५, जलविद्युत् १२.६२ र जीवन बीमा २८.२२ अङ्कले ओरालो लागेको छ । 

    त्यस्तै, विकास बैंक ५.३५, वित्त ३१.३६, निर्जीबन बीमा ५६.१९, उत्पादन ६३.४२, अन्य १७.२३, लघुवित्त ७.९९, सामूहिक लगानी कोष ०.०२ र लगानी ०.४८ अङ्कले उकालो लाग्यो । आजको कारोबारपछि बजार पुँजीकरण रु २९ खर्ब २८ अर्ब ३४ करोड ३६ लाख ५१ हजार ८८३  बराबर भएको छ ।


    तेस्रो आँखा
    लेखकबाट थप