• ट्रेण्डिङ्ग :
साउन १८ देखि अभियान लघुवित्तले आईपीओ निष्कासन गर्ने

साउन १८ देखि अभियान लघुवित्तले आईपीओ निष्कासन गर्ने


  • 7.1K
    SHARES
    • श्रावण ८, २०७९ आइतबार
    • ४ बर्षs अघि
    • 10.9K Views

    साउन १८ देखि अभियान लघुवित्तले आईपीओ निष्कासन गर्ने

    काठमाडौं, ८ साउन। अभियान लघुवित्त वित्तीय संस्था लिमिटेडले साउन १८ गतेदेखि धितोपत्रको प्राथमिक सार्वजनिक निष्कासन (आईपीओ) बिक्री खुला गर्ने भएको छ । लघुवित्तले प्रतिसेयर १०० रुपैयाँ अंकित मूल्यमा सर्वसाधारणका लागि आईपीओ जारी गर्न लागेको हो ।

    images

    कम्पनीले ९ करोड ७५ लाख रुपैयाँ बराबरको ९ लाख ७५ हजार कित्ता आईपीओ जारी गर्न नेपाल धितोपत्र बोर्डबाट स्वीकृत पाएको छ । कुल सार्वजनिक निष्कासन गर्न लागेको सेयरमध्ये १२ हजार ५०० कित्ता कर्मचारीहरुका लागि र ४८ हजार ७५० कित्ता सामूहिक लगानी कोषहरुलाई सुरक्षित गरेको छ ।

    बाँकी ९ लाख १३ हजार ७५० कित्ता शेयरका लागि सर्बसाधारणले आवेदन दिन सक्नेछन् । आईपीओमा लगानी गर्न इच्छुक लगानीकर्ताले नेपाल धितोपत्र बोर्डबाट स्वीकृत प्राप्त सि(आस्वा सदस्य बैंक तथा वित्तीय संस्था र मेरो शेयर वेबसाइट तथा एपमार्फत आवेदन दिन सक्नेछन् ।

    कम्पनीको आईपीओमा छिटोमा २२ साउन र अवधिमा पर्याप्त आवेदन नपरेमा ढिलोमा १ भदौसम्म आवेदन दिने अवधि बढ्नेछ । लगानीकर्ताले न्यूनतम १० कित्तादेखि ३ हजार कित्तासम्मका लागि आवेदन दिन सक्नेछन् । कम्पनीले आईपीओ निष्कासनका लागि धितोपत्र निष्कासन तथा बिक्री प्रवन्धक मुक्तिनाथ क्यापिटल लिमिटेडलाई नियुक्त गरेको छ ।

    आईपीओ निष्कासनका लागि कम्पनीले गराएको रेटिङमा इक्रा नेपालले ‘इक्रा एनपी आइआर डबल बी माइनस रेटिङ’ प्रदान गरेको छ । यसले समयमै वित्तीय दायित्व पूरा गर्न सक्ने सम्बन्धमा मध्यम जोखिम रहेको जनाउँछ । लघुवित्त आर्थिक वर्ष २०७७/०७८ बाट नै सञ्चित नाफामा सञ्चालन भइरहेको छ । हाल १५ करोड २५ लाख रुपैयाँ चुक्ता पुँजी रहेको लघुवित्तको आईपीओ निष्कासनपछि चुक्ता पुँजी २५ करोड रुपैयाँ पुग्नेछ।


    तेस्रो आँखा
    लेखकबाट थप