• ट्रेण्डिङ्ग :
राष्ट्रपति पौडेलसमक्ष तीन देशका नवनियुक्त राजदूतद्वारा ओहोदाको प्रमाणपत्र पेस

राष्ट्रपति पौडेलसमक्ष तीन देशका नवनियुक्त राजदूतद्वारा ओहोदाको प्रमाणपत्र पेस


  • 1.6K
    SHARES
    • कार्तिक २१, २०८३ शुक्रबार
    • १० घण्टा अघि
    • 2.5K Views

    राष्ट्रपति पौडेलसमक्ष तीन देशका नवनियुक्त राजदूतद्वारा ओहोदाको प्रमाणपत्र पेस

    काठमाडौँ, कार्तिक २० गते । राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष नेपालका लागि तीन देशका नवनियुक्त राजदूतले ओहोदाको प्रमाणपत्र पेस गर्नुभएको छ। राष्ट्रपति भवनमा आयोजित छुट्टाछुट्टै विशेष समारोहमा उहाँहरूले राष्ट्रपति पौडेलसमक्ष ओहोदाको प्रमाणपत्र पेस गर्नुभएको हो।

    images

    राष्ट्रपतिको कार्यालयद्वारा जारी विज्ञप्तिअनुसार प्रमाणपत्र पेस गर्ने राजदूतमा नेपालका लागि भारतका आवासीय राजदूत सुधाकर दलेला, लाओसका गैरआवासीय राजदूत विथाया जायभोङ र पानामा गणतन्त्रका गैरआवासीय राजदूत अलोन्सो मिगुएल रहनुभएको छ।

    सो अवसरमा नेपाल सरकारका उच्चपदस्थ अधिकारीको समेत उपस्थिति रहेको थियो। नवनियुक्त राजदूतलाई लाजिम्पाटदेखि राष्ट्रपति भवनसम्म रिसल्लासहितको बग्गीमा सवारी गराइएको थियो ।


     


    तेस्रो आँखा