• ट्रेण्डिङ्ग :
साफ यू-२० च्याम्पियनसिप: नेपालले श्रीलंकासँग खेल्दै

साफ यू-२० च्याम्पियनसिप: नेपालले श्रीलंकासँग खेल्दै


  • 6.9K
    SHARES
    • श्रावण ११, २०७९ बुधबार
    • ४ बर्षs अघि
    • 10.6K Views

    साफ यू-२० च्याम्पियनसिप: नेपालले श्रीलंकासँग खेल्दै

    काठमाडौं, ११ साउन। भारतको भुवनेश्वरमा भइरहेको साफ यू-२० च्याम्पियनसिपमा नेपालले आफ्नो दोस्रो खेलमा आज श्रीलंकासँग खेल्दैछ । नेपाल र श्रीलंकाबीचको खेल भुवनेश्वरस्थित कालिंगा स्टेडियममा नेपाली समय अनुसार साँझ सवा ७ बजे सुरु हुनेछ ।

    images

    पहिलो खेलमा माल्दिभ्समाथि ४-० को जित निकालेको नेपाल लगातार दोस्रो जितको खोजीमा छ । श्रीलंकालाई हराएर फाइनल यात्रा सहज बनाउने नेपालको लक्ष्य छ । श्रीलंका भने पहिलो खेलमा बंगलादेशसँग १-० ले पराजित भएको थियो । श्रीलंका पहिलो जितको खोजीमा छ ।

    नेपालका मुख्य प्रशिक्षक मेघराज केसीले श्रीलंका विरुद्धको खेलमा अझ राम्रो प्रदर्शन गर्ने गरी तयारी गरेको बताए । ‘हामी पाँचै खेलको लागि तयारी गरेर आएका छौं । श्रीलंकाको पहिलो खेल हेरेर हामीले त्यही अनुसार यहाँ पनि तयारी गरेका छौं,’ मगलबार प्रशिक्षणपछि केसीले भने, ‘पहिलो खेल जितेपछि खेलाडीमा आत्मविश्वास बढेको छ ।’

    पाँच टिम सहभागी च्याम्पियनसिपमा सिंगल राउण्ड रोविनका आधारमा खेल हुनेछ र शीर्ष दुई टिमले फाइनल खेल्ने छन् । आजै आयोजक भारत र बंगलादेशबीचको खेल ४ बजे हुनेछ । भारतको यो पहिलो खेल हुनेछ । पहिलो खेलमा बंगलादेशले श्रीलंकालाई १-० ले हराएको थियो ।


    तेस्रो आँखा
    लेखकबाट थप