• ट्रेण्डिङ्ग :
माओवादी आगामि निर्वाचनमा दोस्रो बन्ने र देशको बागडोर हातमा लिने गरी अगाडि बढेको छ: प्रचण्ड(भिडियाे)

माओवादी आगामि निर्वाचनमा दोस्रो बन्ने र देशको बागडोर हातमा लिने गरी अगाडि बढेको छ: प्रचण्ड(भिडियाे)


  • 7.3K
    SHARES
    • श्रावण १४, २०७९ शनिबार
    • ४ बर्षs अघि
    • 11.3K Views

    माओवादी आगामि निर्वाचनमा दोस्रो बन्ने र देशको बागडोर हातमा लिने गरी अगाडि बढेको छ: प्रचण्ड(भिडियाे)

    काठमाडौं, १४ साउन। नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आगामी निर्वाचनमा आफ्नो पार्टी दोस्रो बन्ने र देशको बागडोर आफ्नो हातमा लिने गरी अगाडि बढेको बताएका छन् । माओवादी केन्द्रको सम्पर्क समन्वय विशेष प्रदेश समितिको प्रशिक्षण कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन ।

    images

    आगामी निर्वाचनमा नेपाली कांग्रेस पहिलो पार्टी बन्ने देखिएको बताउँदै उनले कम्युनिस्ट शक्तिहरूमा माओवादी केन्द्र पहिलो बनाउने गरी आफूहरू लागेको बताए । ‘कम्तीमा पनि लेफ्ट मोमेन्टको पहिलो हुने हो, मैले कांग्रेसका नेताहरूलाई पनि भनेको छु । अहिले सायद पहिलो तपाईँहरू नै हुनुहुन्छ । त्यो देखिन्छ पनि । दोस्रो चाहिँ माओवादी केन्द्र हुनुपर्छ,’ अध्यक्ष प्रचण्डले भने, ‘त्यसमा सहयोग गर्ने हो, भने सबै सहज जान्छ, होइन भने जाँदैन ।’

    यस विषयमा गठबन्धन दलका नेतृत्वमा समझदारी रहेको उनले बताए । ‘यसमा कम्तीमा नेतृत्व तहमा राम्रो समझदारी छ । तपाईँहरू ढुक्क हुनुस गडबड हुन दिइँदैन यो पटक स्थानीय तहको जस्तो,’ उनले भने । यसो हुँदा देशको बागडोर आफ्नो हातमा आउने उनले बताए । उनले भने, ‘त्यसपछि देशलाई यसरी विकास, सुशासन र यसरी समृद्धि हासिल गर्न सकिन्छ भनेर देशलाई देखाउनु छ ।’ व्यक्तिगत रूपमा आफ्नो यो निर्वाचन ‘लास्ट इनिङ’ रहेको अध्यक्ष प्रचण्डले बताए । ‘मेरो भन्ने हो भने लास्ट इनिङ होस र लास्ट इनिङ पछि सम्मको सन्ततिलाई सम्झने गरी होस भन्ने गरी देशलाई केही दिने गरी मेरो सपना छ ।’ उनले भने ।

  • सम्बन्धित विषय:

  • # माओवादी केन्द्र
  • # प्रचण्ड

  • तेस्रो आँखा
    लेखकबाट थप