• ट्रेण्डिङ्ग :
पर्यटन  प्रवर्द्धनका लागि दैलेखमा टिकटक प्रतियोगिता, उत्कृष्टलाई पुरस्कार

पर्यटन  प्रवर्द्धनका लागि दैलेखमा टिकटक प्रतियोगिता, उत्कृष्टलाई पुरस्कार


  • 6.2K
    SHARES
    • श्रावण २४, २०७९ मंगलबार
    • ४ बर्षs अघि
    • 9.5K Views

    पर्यटन  प्रवर्द्धनका लागि दैलेखमा टिकटक प्रतियोगिता, उत्कृष्टलाई पुरस्कार

    सुर्खेत, २४ साउन । सिक्ने अभियानद्वारा संचालित प्रोजेक्ट ठुट्टेले दैलेखमा टिकटक प्रतियोगितको आयोजना गरेको छ । धार्मिक तथा पर्यटकीय रुपमा महत्वपुर्ण मानिने दैलेखको महाबुको उत्कृष्ट टिकटक बनाएर पर्यटन प्रवर्द्धनका लागि आयोजना गरेको हो ।

    images

    धार्मिक तथा पर्यटकीय रुपमा महत्वपूर्ण मानिने महाबुको उत्कृष्ट टिकटक भिडियो बनाएर पोष्ट गर्नेलाई आर्कषक पुरस्कारको समेत व्यवस्था गरेको प्रोजेक्ट ठुट्टेले जनाएको छ । टिकटक प्रतियोगितामा भाग लिने प्रतिस्पर्धीले टिकटक भिडियो पोष्ट गर्दा चारवटा हयाचटयाग महाबु अन टिकटक, प्रोजेक्ट ठुट्टे, एक्सपोलोर महाबु दैलेख अनिवार्य राख्नुपर्ने छ ।

    नियम पूरा गरि पोष्ट भएको एक उत्कृष्ट भिडियो बनाउनेले तीन हजार तीन सय रुपैयाँ नगद, प्रोजेक्ट ठुट्टेको आकर्षक क्याप, विजेताको फोटो (फ्रेमसहित) पाउने आयोजकले जनाएको छ । भदौ २० गतेसम्म प्राप्त हुने भ्युज र लाइकको आधारमा विजेता घोषणा हुनेछ ।

  • सम्बन्धित विषय:

  • # टिकटक प्रतियोगिता

  • तेस्रो आँखा