• ट्रेण्डिङ्ग :
मन्त्री बनेर बदनाम हुन चाहिन : उद्योग मन्त्री हमाल (अन्तरवार्ता)

मन्त्री बनेर बदनाम हुन चाहिन : उद्योग मन्त्री हमाल (अन्तरवार्ता)


  • 9.5K
    SHARES
    • आश्विन २४, २०७८ आइतबार
    • ४ बर्षs अघि
    • 14.6K Views

    मन्त्री बनेर बदनाम हुन चाहिन : उद्योग मन्त्री हमाल (अन्तरवार्ता)

    उद्योग मन्त्री गजेन्द्र हमालले आज राजीनामा दिँदै छन् । उनले आँफू माथि लागेको आरोपका कारण बदनाम बन्न नसक्ने भन्दै राजीनामा दिने निर्णयमा पुगेको बताए । 
    यसैबिषयमा तेस्रो आँखाले  राजीनामा दिन थालेका मन्त्री हमालसंग संक्षिप्त कुराकानी गरेको छ ।

    images

    तपाईले राजीनामा दिन लाग्नु भएको हो ?

    हो, मैले आँफूलाई बिबादमा राख्न चाहेन, म माथि लागेका जुन खालका ब्लेमहरु छन्, आरोप र आलोचनाले म आँफूलाई बदनाम पार्न चाहेन, अनि मैले मेरो ब्यक्तिगत कारण राजीनामा दिने अन्तिम निर्णय लिएँ । अब खाना खाईसकेपछि मैले प्रधानमन्त्री समक्ष राजीनामा दिन्छु, यो मेरो अन्तिम निर्णय हो । 

    तपाईलाई राजीनामाका लागि दबाब पनि भएको हो ?

    हैन मलाई पार्टीले सहयोग गरेर नै म मन्त्री बनेको हो । मलाई पार्टी पंक्तीबाट कुनै पनि दबाब आएको हैन । मेरो राजीनामाको कारण मेरो ब्यक्तिगत कारण मात्रै हो, यसमा पार्टीको कुनै दोष छैन ।

    तपाईमाथि लागेको कुन आरोपले तपाईलाई बदनाम महशुस गराएको हो ?
     
    पहिलो कुरा त म राजनीतिमा लागेको मान्छे नै हैन भनेर जसरी आरोप लगाईयो, आलोचना गरियो , मलाई राजनीतिमा निकष्कृय मान्छेलाई मन्त्री बनाईयो भनेर आरोप लगाईयो । यो आरोपले मलाई मन्त्री पदमा बस्ने नैतिकता नदिएको महशुस भयो । अनि यो बाहेक अरु कुराहरु पनि छन् नि मेरो बारेमा आएका । तपाइँलाई पनि थाहै छ होला नि ।

    तपाई कांग्रेस राजनीतिमा रहेको कुरा त साँचो हो नि ? हैनर ? 

    हो यसको मुल्यांकन जनताले गरिरहेका छन् । मैले कांग्रेसका लागि गरेको योगदानका बारेमा । म बाँकेको पार्टी सभापति भएर पनि कार्यकाल पुरा गरेको मान्छे हुँ । तर त्यो बेला सुशील दाई ( सुशील कोइराला) ले जिल्ला समिति भंग गर्नु भयो । 

    तपाईको राजीनामाले त तपाई माथि लागेका आरोप झन पुष्टि गर्ला त ? 

    हैन, यो कुरा जनताले बुझ्नु हुन्छ । मेरो कारण वर्तमान सरकारलाई लज्जित र आलोचित कसरी बनाउन सक्छु ? मैले पार्टीमा रहेर गरेको योगदान नेपाली जनताले बुझछन् । मैले जे गरे ठिक गरेको छु । यसले म माथि लागेको आरोपको पुष्ट्याईँ भन्दा पनि सरकार सञ्चालनका लाागि सहज बाटो बनाईदिएको भनेर म्यासेज जानु पर्छ ।


    तेस्रो आँखा