• ट्रेण्डिङ्ग :
शंखमुल पुगेका बालेनले ‘अण्डरग्राउण्डमा’ सञ्चालित व्यवसाय खाली गर्न निर्देशन दिए

शंखमुल पुगेका बालेनले ‘अण्डरग्राउण्डमा’ सञ्चालित व्यवसाय खाली गर्न निर्देशन दिए


  • 5.7K
    SHARES
    • भाद्र ९, २०७९ बिहीबार
    • ४ बर्षs अघि
    • 8.8K Views

    शंखमुल पुगेका बालेनले ‘अण्डरग्राउण्डमा’ सञ्चालित व्यवसाय खाली गर्न निर्देशन दिए

    काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र साहको नेतृत्वले आज पनि नयाँबानेश्वर स्थित शङ्खमूल बर्गर हाउस र अल्फा हाउसको अण्डरग्राउण्ड तत्काल खाली गर्न निर्देशन दिएको छ ।

    images

    ती क्षेत्रको  अवलोकनपछि उनले  पार्किङका लागि निर्माण गरिएका स्थान सोही प्रयोजनका लागि प्रयोग गर्न निर्देशन दिएका हुन् ।

    तत्काल उक्त संरचना हटाएर नक्सा पासअनुरुप पार्किङको व्यवस्था गर्न निर्देशन दिएको छ । अल्फा हाउसको पार्किङ गर्नका लागि तय गरिएको स्थानमा ‘ल्याब’ सञ्चालन गरिएको छ भने शङ्खमूलको बर्गर हाउस बेसमेन्ट पार्किङमा सञ्चालित छ । यी दुवैलाई तत्काल हटाउन  प्रमुख साहले निर्देशन दिएको नगर प्रहरी प्रमुख राजु पाण्डेले जानकारी दिए ।

    त्यसैगरी अहिले नगर प्रहरी प्रमुखसहितको टोली गौशाला पुगेको छ टोलीले त्यहाँ  मुक्तिनाथ विकास बैंक रहेको भवनको बारेमा जानकारी  लिने र आवश्यकता अनुरुपको निर्देशन र कारबाहीको प्रक्रिया अघि बढाउने बताइएको छ । 

    बानेश्वर र शङ्खमूल रोडमा अन्डरग्राउन्ड पार्किङ गर्नुपर्नेमा पार्किङ नगरी व्यवसायीलाई भाडा दिएका ठाउँमा पनि उक्त टोलीले अवलोकन गरेको छ । अवैध संरचना हटाउनका लागि कामपाले यसअघि ३५ दिने सूचना जारी गरेको थियो । उक्त सूचनाको बेवास्ता गरे पनि कामपा ‘एक्सन’मा उत्रिनुपरेको भनाइ छ ।

  • सम्बन्धित विषय:

  • # काठमाडाैं महानगरपालिका

  • तेस्रो आँखा
    लेखकबाट थप