• ट्रेण्डिङ्ग :
नयाँबानेश्वरस्थित अल्फाबिटा कम्प्लेक्समा पनि चल्यो महानगरको डोजर

नयाँबानेश्वरस्थित अल्फाबिटा कम्प्लेक्समा पनि चल्यो महानगरको डोजर


  • 5.9K
    SHARES
    • भाद्र ९, २०७९ बिहीबार
    • ४ बर्षs अघि
    • 9.0K Views

    नयाँबानेश्वरस्थित अल्फाबिटा कम्प्लेक्समा पनि चल्यो महानगरको डोजर

    काठमाडौं । नयाँबानेश्वरस्थित अल्फाबिटा कम्प्लेक्सले बनाएको अवैध संरचनामा काठमाडौं महानगरपालिकाले डोजर चलाएको छ ।

    images

    बिहीबार विहान बानेश्वर क्षेत्रको अनुगमन गरेका मेयर बालेन शाहले अल्फाबिटामा पुगेर अवैध संरचना हटाउन आग्रह गरेका थिए ।सोहि क्रममा अल्फाबिटाका प्रतिनिधिसँग बालेन शाहको सवालजवाफ भएको थियो । त्यसपछि मेयर शाहसहितको टोली पुगेर अवैध रुपमा रहेको फर्मेसी खाली गर्न लगाएर महानगरको संरचनामा डोजर चलाएका हुन । 

    काठमाडौं महानगरले अवैध संरचनाहरु हटाउने अभियान चलाएको छ । हिजो मात्र महानगरले सुन्धारास्थित काठमाडौं मल अगाडिको र खिचापोखरी नजिकैको आरबी कम्प्लेक्समा अन्डरग्राउन्ड पार्किङ बन्द गरेर व्यापारिक प्रयोजन गरेको संरचना भत्काएको थियो ।

    त्यस्तै सोमबार महानगरले नयाँ बानेश्वरमा रहेको अवैध संरचना भत्काएको थियो । महानगरले ३५ दिनभित्र अवैध संरचना हटाउन सूचना जारी गरेको थियो । सोहि सूचनाको बेवास्ता भएको भन्दै महानरले अवैध संरचनामा डोजर चलाउँदै आएको छ । 

     

  • सम्बन्धित विषय:

  • # काठमाडाैं महानगरपालिका

  • तेस्रो आँखा
    लेखकबाट थप