• ट्रेण्डिङ्ग :
बहुमतले विधायन व्यवस्थापन समितिबाट नागरिकता विधेयक जस्ताको त्यस्तै पारित

बहुमतले विधायन व्यवस्थापन समितिबाट नागरिकता विधेयक जस्ताको त्यस्तै पारित


  • 5.5K
    SHARES
    • भाद्र १५, २०७९ बुधबार
    • ४ बर्षs अघि
    • 8.4K Views

    बहुमतले विधायन व्यवस्थापन समितिबाट नागरिकता विधेयक जस्ताको त्यस्तै पारित

    काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीबाट फिर्ता भएकाे विधेयकलाई राष्ट्रियसभाले छलफलका लागि विधायन व्यवस्थापन समितिमा पठाएकाे नागरिकता विधेयक समितीले जस्ताको त्यस्तै पारित गरेको छ । 

    images

    नागरिकता ऐन संशोधन गर्न ल्याएको नेपालको नागरिकता (पहिलो संशोधन) विधेयक २०७९ माथि विधायन व्यवस्थापन समितिले छलफल गरी आज (बुधबार) बहुमतबाट जस्ताको त्यस्तै पारित गरेको हो । 

    विधायन समितिमा रहेका १५ सदस्यहरुमध्ये एमालेका तीन जनाले फरक मतका रुपमा छुट्टै प्रस्ताव राखेका थिए । यसैगरी, स्वतन्त्र हैसियतका खिमलाल देवकोटा र विमला राई पौडेलले पनि फरक मर्त दर्ज गरेका थिए । तर, बाँकी १० जना सदस्यहरु यथास्थितिमा विधेयक पारित गर्नुपर्ने पक्षमा उभिए ।

    विधायन समितिले भोलि नै राष्ट्रिय सभामा प्रतिवेदन पठाउने छ । राष्ट्रिय सभाले पनि भोलि नै विधेयक पारित गर्ने तयारी रहेको बुझिएको छ । राष्ट्रियसभा र प्रतिनिधिसभाले पारित गरेर प्रमाणीकरणका लागि पठाएको उक्त विधेयकलाई केही विषयमा सुझाव र सन्देशसहित राष्ट्रपति विद्यादेवी भण्डारीले संसदमै फिर्ता पठाएकी थिइन् ।

    त्यसलाई प्रतिनिधिसभाले पुनः जस्ताको त्यस्तै पारित गरेको थियो । तर राष्ट्रिय सभाले त्यसलाई छलफलको लागि विधायन समितिमा पठाएको थियो । विधायन समितिले पनि शंसोधनबिना नै विधेयक पारित गरेको हो । 

  • सम्बन्धित विषय:

  • # नागरिकता विधेयक

  • तेस्रो आँखा
    लेखकबाट थप