• ट्रेण्डिङ्ग :
महानगरको चाैबीसघण्टे अल्टिमेटमपछि फनपार्कले बुझायो १७ लाख ३६ हजार

महानगरको चाैबीसघण्टे अल्टिमेटमपछि फनपार्कले बुझायो १७ लाख ३६ हजार


  • 5.2K
    SHARES
    • भाद्र १६, २०७९ बिहीबार
    • ४ बर्षs अघि
    • 8.0K Views

    महानगरको चाैबीसघण्टे अल्टिमेटमपछि फनपार्कले बुझायो १७ लाख ३६ हजार

    काठमाडौं । काठमाडौं महानगरको २४ घण्टे अल्टिमेटमपछि भृकुटीमण्डपस्थिति काठमाडौं फनपार्कले महानगरलाई १७ लाख ३६ हजार रुपैयाँ कर बुझाएको छ । 

    images

    फनपार्कले आज मनोरन्जन करवापतको रकम बुझाएको महानगरका राजस्व विभाग प्रमुख शिव अधिकारीले जानकारी दिए । काठमाडौं महानगरपालिकाले बुधबार फनपार्कलाई चौबीस घण्टाभित्र कर बुझाउन अल्टिमेटम दिएको थियो ।

    महानगरले पत्र लेख्दै फनपार्कले महानगरलाई बुझाउनुपर्ने कर (व्यवसाय कर, बहाल कर, विज्ञापन कर तथा मनोरञ्जन कर) वर्षौंदेखि नबुझाएको र पटकपटक ताकेता गर्दा पनि नतिरेको उल्लेख गर्दै तोकिएको समयमा कर नबुझाएमा फनपार्क शिलबन्दी गरी तिनुपर्ने राजश्व सरकारी बाँकी सरह अशुल उपर गरिने जनाएको थियो ।