• ट्रेण्डिङ्ग :
ललितपुर महानगरको अवैध संरचनामा चासो : शीघ्र हटाउन टोलटोलमा माइकिङ !

ललितपुर महानगरको अवैध संरचनामा चासो : शीघ्र हटाउन टोलटोलमा माइकिङ !


  • 5.4K
    SHARES
    • भाद्र १८, २०७९ शनिबार
    • ४ बर्षs अघि
    • 8.3K Views

    ललितपुर महानगरको अवैध संरचनामा चासो : शीघ्र हटाउन टोलटोलमा माइकिङ !

    ललितपुर । ललितपुर महानगरको अवैध संरचनामा चासो बढेको छ । महानगरले शीघ्र अनधिकृत  हटाउन भन्दै टोलटोलमा माइकिङ पनि सुरु गरेको छ । काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाहले विभिन्न व्यापारिक कम्प्लेक्स, सार्वजनिकस्थल, सरकारी कार्यालयलगायत ठाउँमा अवैध संरचना हटाउन सुरु गरेसँगै यसको प्रभाव ललितपुरलगायत अन्य स्थानीय तहमा पनि परेको  हो ।

    images

    यसैक्रममा ललितपुर महानगरपालिकाले नियमविपरीत बनाइएका संरचना हटाउने काम सुरु गरेको छ। महानगरपालिकाले लगनखेलमा आफ्नै भवनमा नियमविपरीत बनाइएका संरचना हटाएर अनधिकृत संरचना हटाउन सुरु गरेको हो ।  

    ठेक्कामा दिइएको भवनमा फुटपाथसम्म ओगटेर नियमविपरीत क्वालिटी क्याफे सञ्चालनमा ल्याइएको थियो । फुटपाथ ओगट्नेलाई पत्र नबुझाइ कारबाही गर्ने अधिकारअनुसार महानगर प्रहरीको टोलीले भत्काइ दिएको बताइएको छ। शनिवारदेखि भने निर्माण सामग्री राखेर सडकमा हिँड्न अप्ठ्यारो भएका संरचना हटाइने महानगरपालिकाको योजना छ। 

    महानगरपालिकाले पत्र बुझाउनुपर्ने अनधिकृत संरचना भत्काउन भने दशैँसम्मको समय दिएको छ । माइकिङ गर्दै अनधिकृत संरचना हटाउन निर्देशन दिन थालेको छ । निर्देशन नमानेमा भत्काउन बाध्य हुने महानगरपालिकाका उच्च कर्मचारीले केही सञ्चारकर्मीलाई जानकारी दिएका छन् । 

  • सम्बन्धित विषय:

  • # ललितपुर महानगरपालिका

  • तेस्रो आँखा