काठमाडौं । नैरौबीमा जारी पहिलो एकदिवसीय अभ्यास खेलमा नेपालले आज केन्यासँग दोस्रो खेल खेल्दैछ । यसअघि हिजो शुक्रबार भएको पहिलो खेलमा नेपालले केन्यालाइ सात विकेटले पराजित गरेको थियो ।
पहिले ब्याटिङ गदैै केन्याले दिएको दुई सय १९ रनको लक्ष्य नेपालले ४७ ओभर २ बलमा भेटाएपछि जित सुनिश्चित भएको हो । नेपालका लागि ओपनर ब्याटर आसिफ शेखले शतक बनाए । केन्यालाई पहिलो खेलमै हराएसँगै नेपालले तीन एकदिवसीय अभ्यास खेलमा एक–शून्यको अग्रता बनाएको छ ।
तेस्रो खेल सोमवार हुने जनाइएको छ । यसअघि पाँच शृङ्खलाको टी–२० प्रतिस्पर्धामा नेपालले केन्यालाई ३–२ ले जितेको थियो ।
