• ट्रेण्डिङ्ग :
निर्वाचनसम्म देउवा सरकार आवश्यक छ : सिटौला 

निर्वाचनसम्म देउवा सरकार आवश्यक छ : सिटौला 


  • 8.3K
    SHARES
    • मंसिर २६, २०७८ आइतबार
    • ४ बर्षs अघि
    • 12.7K Views

    निर्वाचनसम्म देउवा सरकार आवश्यक छ : सिटौला 

    काठमाडौं, २६ मंसिर । नेपाली कांग्रेस नेता कृष्ण सिटौलाले आगामी निर्वाचनसम्म शेरबहादुर देउवा नेतृत्वको वर्तमान सरकार रहनुपर्ने बताएका छन् । 

    images

    कांग्रेसको १४औँ महाधिवेशनमा सभापति पदमा उम्मेदवारी दिएका देउवा पक्षीय प्रतिनिधि र नेताहरूलाई आइतबार सम्बोधन गर्दै उनले  देउवा नेतृत्वको सरकार आगामी निर्वाचनसम्म रहनुपर्ने बताएका हुन् । 

    वर्तमान सरकारले गराउने निर्वाचनले सहि परिणाम ल्याउने भन्दै उनले भने, ‘निर्वाचन स्वतन्त्र, निष्पक्ष धाधलीसहित, त्राससरहित जनताले आफ्नो मत अभिव्यक्त गर्ने सिलसिलामा परिणाम सही किसिमले आउँछ भन्ने मलाई विश्वास छ ।’

    वामपन्थी नेतृत्वको सरकारले गराएको निर्वाचनको परिणाम भोगिसकेको भन्दै सिटौले भने, ‘एकपटक मात्र वामपन्थी गृहमन्त्री बन्दा २०५४ सालको निर्वाचनमा हामी के भोग्नुपर्‍यो ? साच्चै कम्युनिष्ट पार्टीको नेता प्रधानमन्त्री भएको बेला यो देशको निर्वाचन कस्तो होला ? जसरी ओलीजीले संसद, अदालत, राज्यका अंग, प्रहरी प्रशासन आफ्नो सेवक बनाउनुभयो त्यो हिसाबले निर्वाचन कब्जा हुन्थ्यो । त्यसकारण यो सरकार निर्वाचनसम्म रहनुपर्छ ।’
     

     

  • सम्बन्धित विषय:

  • # नेपाली कांग्रेस
  • # कृष्ण सिटौला

  • तेस्रो आँखा