काठमाडौं । हात,खुट्टा र मुखमा हुने एक किसिमको अनौठो रोगलाई 'टोमाटो फ्लु' भनेर चिनिन्छ । संक्षेपमा एचएफएमडी भनेर चिनिने यो रोग एउटा हल्का, सामान्य बाल्यकालमा हुने रोग हो । पछिल्लो समय यो नयाँ भाइरसको कारणले बढेको छ । यस प्रकोपलाई सनसनीपूर्ण बनाउन टमाटर फ्लू भनिएको आरोप पनि लाग्ने गरेको छ । तर वैज्ञानिक अध्ययन, आधिकारिक मिडिया विज्ञप्तिलगायतले टमाटर फ्लू गलत नाम होइन भनेर बचाउ गरेका छन् ।
यतिबेला विश्वका नागरिकले कोरोना भाइरसको चौथो वेभको सामना गरिरहनुपरेको छ । यही बेला भारतमा एउटा अर्को नयाँ किसिमको रोगको पहिचान भएको छ । यो रोगको प्रकोप बढी मात्रामा पाँच वर्षसम्मका बालबालिकामा देखिने गरेको छ। टोमाटो फ्लु नाम दिइएको नयाँ भाइरसको प्रकोप यतिबेला भारतका विभिन्न राज्यमा देखिएको छ । भारतको केरला राज्यमा पाँच वर्षसम्मका बालबालिकामा यो रोगको प्रकोप बढी संख्यामा देखिएको छ । यो रोग खास क्षेत्रमा मात्र पाइने र जीवनको खतरा बढी नभएको प्रकोपका रुपमा लिइन्छ । तर शरीरमा राता फोका उठ्ने, छाला चिलाउने र दुख्ने समस्या भने बढी हुने गर्छ ।
कोरना भाइरसँग यस रोगका केही मिल्दाजुल्दा लक्षणहरु देखिएका तथा अनुभव गरिएका छन्। कोरोना भाइरसजस्तै यस रोगमा पनि ज्वरो आउने, थकाइ लाग्ने र जिउ दुख्ने समस्या हु्न्छ । यस रोगको फरक लक्षण भनेको छलामा टमाटर आकारका राता फोकाहरु बढ्दै जानु हो । यो यस्तो बिमार हो, यसका खास उपचारै छैन । लक्षणसँग मिल्दोजुल्दो औषधि सेवन गर्नुपर्ने हुन्छ । टमाटर फ्लू पहिलो पटक मे ६, २०२२ मा केरलाको कोल्लम जिल्लामा पहिचान भएको हो । स्थानीय सरकारी अस्पतालहरुमा यो संक्रमण भएर जाने विरामी बालबालिकाको संख्या बढ्दै गएको छ। स्थानीय भाइरल रोगको प्रकोप छिमेकी राज्यहरू तमिलनाडु र कर्नाटकमा पनि फैलिएको छ ।
‘टोमाटो फ्लु ’का लक्षणहरु
भर्खरैको जर्नल अफ मेडिकल भाइरोलोजीको रिपोर्टले यो भाइरस संक्रमण हुनु भनेको दुई कोक्सस्याकी स्ट्रेनको सक्रियता भएको देखाएको छ । तर अर्को एक अनुसन्धानका अनुसार टोमाटो फ्लू भएका बालबालिकामा देखिने प्राथमिक लक्षणहरू मलेरिया तथा डेंगुको जस्तै हुन्छन् । यसका लक्षणहरुमा उच्च ज्वरो आउने र जोर्नीहरूमा सहन गाह्रो हुने दुखाइ हुन्छ । टोमाटो फ्लूले शरीर रातो देखिन्छ । छालामा देखिने राता फोका बिस्तारै टमाटरको आकारमा बढ्दै जाने हुन्छ ।
टोमाटो फ्लु भएका बालबालिकामा देखिने प्राथमिक लक्षणहरू मच्छरले टोकेर हुने रोग डेंगु र मलेरियाजस्तै हुन्छन् । टोमाटो फ्लूले शरीर पूरै रातो हुन्छ । छाला चिलाउनुका साथै दुख्ने पनि गर्छ। बिस्तारै छालाको घाउले टमाटरको आकार लिँदै जान्छ । छालामा दागहरू पनि देखा पर्छन्, जसले छाला पोल्नेलगायतको समस्या पनि हुने गर्छ । यसका थप लक्षणहरूमा थकान, वाकवाकी, बान्ता, पखाला, ज्वरो, डिहाइड्रेसन,जोर्नीहरू सुनिने, शरीरको दुखाइ र सामान्य इन्फ्लुएन्जालगायत हुन्छ । समग्रमा यसमा डेंगुमा देखिनेजस्तै लक्षणहरू हुन्छन् ।
कोरानाजस्तै यो रोग लागेपछि आइसोलेसनमा बस्नुपर्छ। आराम गर्नुका साथै प्रशस्त तातो झोलपदार्थ पिउनुपर्छ । ज्वरो र शरीरको दुखाइ कम गर्न पारा-सिटामोललगायत औषधि खानुपर्छ । बालबालिकाको उमेर समूहमा भाइरल संक्रमणहरू नजिकको सम्पर्कबाट फैलिने सम्भावना हुन्छ । यस्तै कुनै पनि वस्तु सीधै मुखमा हाल्दा पनि यो संक्रमण हुने सम्भावना हुन्छ । यदि बच्चाहरूमा टोमाटो फ्लुको प्रकोप नियन्त्रण र रोकथाम गर्न सकिएन भने, यो संक्रमण वयस्कहरूमा पनि नयाँ रुप लिएर फैलिने खतरा रहेको वैज्ञानिकहरु बताउँछन् । अहिलेसम्म टोमाटो फ्लूको उपचार वा रोकथामका लागि कुनै एन्टिभाइरल औषधि वा खोपहरू उपलब्ध छैनन् । नेपालमा पनि यसबाट बच्नका लागि स्वास्थ्य हेरचाह, सरकारी पक्षबाट अध्ययन र निगरानी गर्न आवश्यक देखिएको छ ।
यसैबीच भारतका प्रमुख चिकित्सक र चिकित्सा अनुसन्धानकर्ताहरूले हात, खुट्टा र मुख रोग (एचएफएमडी) लाई चित्रण गर्ने मिडिया रिपोर्टहरू देखेर अचम्मित भएको बताएका छन् । १७ अगस्तमा प्रकाशित ल्यान्सेट रेस्पिरेटरी मेडिसिनको रिपोर्टले 'जसरी हामी कोभिड १९ को चौथो लहरको सम्भावित उदयसँग काम गरिरहेका छौं, टोमाटो फ्लू वा टमाटरको रूपमा चिनिने नयाँ भाइरस पनि त्यसैगरी बढेको पाइएको छ। भारतको केरला राज्यमा पाँच वर्ष मुनिका बालबालिकामा टोमाटो फ्लूको ज्वरो बढेको भारतीय सञ्चारमाध्यमहरुले उल्लेख गरेका छन् ।
नयाँदिल्लीस्थित काउन्सिल अफ साइन्टिफिक एन्ड इन्डस्ट्रियल रिसर्च, इन्स्टिच्युट अफ जिनोमिक्स एन्ड इन्टिग्रेटिभ बायोलोजीका भाइरोलोजिस्ट र प्रमुख वैज्ञानिक विनोद स्कारिया भन्छन्, 'ल्यान्सेट रेस्पिरेटरी मेडिसिनमा जाँच गरेपछिको अवस्थामा फेला परेको नयाँ र सनसनीपूर्ण एचएफएमडी भाइरसलाईलाई 'टमाटो फ्लू' भनिन्छ।' हाल प्रकोपका लागि जिम्मेवार स्ट्रेनहरू एन्टरोभाइरस (आन्द्राबाट सर्ने भाइरस) कोक्सस्याकी ए वन-१६ र ए-६ को रूपमा उन्नत भाइरोलोजी संस्थानद्वारा पहिचान गरिएको हो । -
