• ट्रेण्डिङ्ग :
निर्वाचन आचार संहिता लागु हुने भएपछि कर्मचारीको अस्वभाविक सरुवा

निर्वाचन आचार संहिता लागु हुने भएपछि कर्मचारीको अस्वभाविक सरुवा


  • 4.8K
    SHARES
    • भाद्र २७, २०७९ सोमबार
    • ४ बर्षs अघि
    • 7.4K Views

    निर्वाचन आचार संहिता लागु हुने भएपछि कर्मचारीको अस्वभाविक सरुवा

    काठमाडौँ । निर्वाचन आयोगले निर्वाचन आचारसंहिता लागू गर्ने तयारी गरेसँगै सरकारले कर्मचारी तथा प्रहरीको अस्वाभाविक रूपमा सरुवा गरेको छ । विगत डेढ सातामा नै हजारभन्दा बढी कर्मचारी र ३ हजार प्रहरी सरुवा गरिएको छ ।

    images

    सरकारले निर्वाचनमा आफू अनुकूलका कर्मचारी आफ्नो अनुकूलका ठाउँमा पठाउने उद्देश्यले मापदण्डबिना अस्वाभाविक रूपमा कर्मचारीको सरुवा गरेको आरोप छ । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले गत बिहीबार मात्रै अन्तरस्थानीय तहका ८ सयभन्दा बढी कर्मचारीको सरुवा गरेको थियो ।

     सो मन्त्रालयले गरेको सरुवामा अत्यधिक विकृति देखिएको मन्त्रालयका कर्मचारीको गुनासो छ । ‘यसैबीचमा प्रहरी प्रधान कार्यालयले पनि १९ भदौमा २ हजार ८ सय ८४ कर्मचारीको सरुवा गरेको छ । त्यसयता केही प्रमुखहरू समेत सरुवा भए । याे समाचार आजको राजधानी दैनिकले छापेकाे  छ ।


    तेस्रो आँखा