• ट्रेण्डिङ्ग :
च्याम्पियन्स लिग :  पीएसजी, रियल मड्रिड र सिटी विजयी 

च्याम्पियन्स लिग :  पीएसजी, रियल मड्रिड र सिटी विजयी 


  • 4.4K
    SHARES
    • भाद्र ३०, २०७९ बिहीबार
    • ४ बर्षs अघि
    • 6.7K Views

    च्याम्पियन्स लिग :  पीएसजी, रियल मड्रिड र सिटी विजयी 

    काठमाडौं । च्याम्पियन्स लिगको गएराति भएको खेलमा रियल मड्रिडले आरबी लाइपजिङ्गलाई २–० गोलले हराएको छ । उसका लागि भलमार्डी र एसेन्सियोले गोल गरे ।

    images

    यस्तै नापोलीले रेञ्जर्सलाई ३–० गोलले र र एसी मिलानले डाइनामो जाग्रिबलाई ३–१ गोलले हरायो । शख्तर डोनेट्स्क र सेल्टिक तथा  चेल्सी र आरबी साल्जबर्गले १–१ गोलको बराबरी खेल्दा कोपनहेगन र सेभिल्लाको खेल गोलरहित बराबरीमा सकियो ।

    चेल्सी २ अङ्कसहित समूहको पुछारमा रहेको छ । यस्तै, बेन्फिकाले युभेन्ट्सलाई र म्यानचेस्टर सिटीले बोरुसिया डर्टमन्डलाई समान २–१ गोलले हराएका छन् ।

    पेरिस सेन्ट जर्मेन पीएसजीले माकाबी हाइफालाई ३–१ ले हरायो । पीएसजीका लागि लियोनल मेस्सी, केलियन एम्बाप्पे र नेयमारले गोल गरे ।


    तेस्रो आँखा