काठमाडौं । नेपाल विद्युत प्राधिकरणले ठूलो संख्यामा दरखास्त आह्वान गरेको छ ।
शुक्रवार विज्ञापन खुलाउँदै प्राधिकरणले स्थायी पदपूर्तिका लागि ठूलो संख्यामा दरखास्त आह्वान गरेको हो । प्राधिकरणले १०औं तहदेखि तह ३ सम्म आवेदन आह्वान गरेको हो ।
आवेदन असोज २० गतेसम्म दिन सकिने छ भने दोब्बर दस्तुर तिरेर असोज २७ गतेसम्म दरखास्त दिन सकिने प्राधिकरणले जनाएको छ । 
