• ट्रेण्डिङ्ग :
मधेश आमसञ्चार प्राधिकरणको प्रगति सार्वजनिक

मधेश आमसञ्चार प्राधिकरणको प्रगति सार्वजनिक


  • 2.8K
    SHARES
    • माघ २९, २०८१ मंगलबार
    • १ बर्ष अघि
    • 4.4K Views

    मधेश आमसञ्चार प्राधिकरणको प्रगति सार्वजनिक

    जनकपुर । मधेश प्रदेश सरकार अन्तर्गत रहेको आमसञ्चार प्राधिकरणको हालसम्मको (४ वर्ष)प्रगति विवरण सार्वजनिक गरिएको छ ।

    images

    प्राधिकरणका अध्यक्ष श्याम सुन्दर यादवको चार वर्षे कार्यकाल मंगलबार सम्पन्न भएकोमा उनले पत्रकार सम्मेलनमार्फत हालसम्मको मुख्य उपलब्धिहरू सार्वजनिक गरेका छन् ।

    अध्यक्ष यादवले आफ्नो नेतृत्वमा प्राधिकरणले २०७७ सालदेखि २०८१ सालसम्मको अवधिमा उल्लेखनीय प्रगति गरेको बताएका हुन् । उनले २३ बुँदामा समेट्दै प्राधिकरणलाई व्यवस्थित र सक्रिय संरचनाको रूपमा स्थापित गर्न सफल भएको बताए ।

    उनले भने, ‘मधेश प्रदेश लोककल्याणकारी विज्ञापन व्यवस्थापन कार्यविधि २०७९ र पत्रकार स्वास्थ्य तथा दुर्घटना बीमा कार्यविधि २०७९ लाई मन्त्रिपरिषद्बाट पारित गराई कार्यान्वयनमा ल्याउन सफल भएका छौं । यसले सञ्चारकर्मीहरूको स्वास्थ्य र सुरक्षामा महत्वपूर्ण योगदान गरेको छ ।’

    अध्यक्ष यादवले २०७९ सालदेखि मधेश प्रदेशका सञ्चारमाध्यमहरूलाई लोककल्याणकारी विज्ञापन उपलब्ध गराउन थालेको जानकारी गराउँदै चालु आर्थिक वर्षमा ३१८ जना पत्रकारहरूको नाम सिफारिस गरी एक लाखको स्वास्थ्य बीमा र सात लाखको दुर्घटना बीमा गराउने सम्झौता राष्ट्रिय बीमा कम्पनीसँग गरिसकेको बताए ।

    उनले भने, ‘पत्रकार महिलाहरूको स्वास्थ्य र दुर्घटना बीमा कार्यक्रम २०७९ सालदेखि नै सुरु भएकोमा यसलाई थप विस्तार गर्दै सम्पूर्ण सक्रिय पत्रकारहरूलाई समेट्ने काम भएको छ ।’

    यादवका अनुसार प्रदेशका ३०९ वटा सञ्चारमाध्यमहरू (पत्रपत्रिका १६५, एफ.एम. रेडियो ६७, टेलिभिजन ९ र अनलाइन ६८) सूचीकृत भएका छन् । तिनीहरूले लोककल्याणकारी विज्ञापन प्राप्त गरिरहेका छन् ।

  • सम्बन्धित विषय:

  • # मधेश प्रदेश

  • तेस्रो आँखा
    लेखकबाट थप