• ट्रेण्डिङ्ग :
व्यक्तिभन्दा नीति देशभर पुग्नुपर्छः सभापति लामिछाने

व्यक्तिभन्दा नीति देशभर पुग्नुपर्छः सभापति लामिछाने


  • 1.0K
    SHARES
    • कार्तिक २०, २०८३ बिहीबार
    • १ घण्टा अघि
    • 1.6K Views

    व्यक्तिभन्दा नीति देशभर पुग्नुपर्छः सभापति लामिछाने

    चितवन,  कात्तिक १९ गते । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले आफ्नो निर्वाचन क्षेत्रमा निर्वाचित जनप्रतिनिधिभन्दा नीति पुग्नुपर्ने बताउनुभएको छ ।

    images

    भरतपुर विमानस्थलमा आज पत्रकारसँग कुराकानी गर्दै सभापति लामिछानेले आफू चितवन ढिला आए पनि यहाँ नीतिगत कामहरु भइरहेको बताउनुभयो । “जिम्मेवारी धेरै छ । तर व्यक्तिभन्दा सिस्टम आउनुपर्छ भन्ने सोचका कारण व्यक्तिका रुपमा म ढिला आए पनि सरकारको रुपमा, पार्टीको रुपमा पार्टीको संरचना, सरकारका नीतिहरु देशभरी पुगिरहेका छन्”, उहाँले भन्नुभयो, “हाम्रो उद्देश्य पनि त्यही हो । व्यक्ति आउनुभन्दा पनि नीति आउनु पर्‍यो । राज्यको नीति आउने क्रम जारी छ ।”  

    चितवन क्षेत्र नम्बर २ का प्रतिनिधिसभा सदस्यसमेत रहनुभएका सभापति लामिछाने शुक्रबारसम्म चितवनका विभिन्न कार्यक्रममा सहभागी हुन आज यहाँ आउनुभएको हो । रास्वपा चितवनका सभापति इन्जिनियर मिनिमाधव खनालका अनुसार चितवन आएलगत्तै सभापति लामिछाने आज पार्टी कार्यालयमा जिल्ला, क्षेत्र र स्थानीय तहका पदाधिकारीहरुसँग सङ्गठनात्मक छलफलमा सहभागी हुनुहुने छ ।  

    सभापति लामिछानेले शुक्रबार बिहान नारायणी नदी किनारको कटान क्षेत्रको अवलोकन तथा सम्बन्धित पक्षसँग छलफल गर्ने कार्यक्रम छ । रासस  

     


    तेस्रो आँखा