काठमाडौं । साताको पहिलो दिन अर्थात् (आइतबार) नेप्से ओरालो लागेको छ । आइतबार नेप्से २३ दशमलव ८३ अंकले ओरालो लागेर १,८१५ दशमलव १३ विन्दुमा सीमित भएको छ । यस्तै सेन्सिटिभ इन्डेक्स पनि तीन दशमलव ८३ अंकले ओरालो लागेर तीन सय ५५ दशमलव ६० विन्दुमा झरेको छ ।
आइतबार १३ उपसमूहका २२८ कम्पनीको २२ हजार ६ सय ८३ पटक सेयर किनबेच भएका छन् । जसमा ४० लाख १४ हजार चार सय १९ कित्ता सेयर खरिद-बिक्री हुँदा कारोबार रकम १ अर्ब सात करोड २४ लाख ८० हजार ९७ रुपैयाँ पुगेको छ ।
नेप्सेमा आइतबर कारोबार भएका सबै उपसमूहको सूचक ओरालो लागेर सेयर बजार परिसूचक राताम्मे बनेको छ ।
नेप्सेमा आइतबार अभियान लघुवित्त वित्तीय संस्थाको प्रतिकित्ता सेयर मूल्य १० प्रतिशतले बढेर तीन सय ४७ रुपैयाँ ६० पैसा अन्तिम मूल्यमा प्रतिकित्ता सेयर कारोबार हुँदा तेह्रथुम पावर लिमिटेडको प्रतिकित्ता सेयर मूल्य पनि सात दशमलव ९० प्रतिशतले घटेर तीन सय ५२ रुपैयाँ अन्तिम मूल्यमा प्रतिकित्ता सेयर कारोबार भएको छ ।
