• ट्रेण्डिङ्ग :
हिमपहिरो अपडेट
मनास्लु आधार शिविरको हिमपहिरोमा १२ घाइते, एकजना बेपत्ता

मनास्लु आधार शिविरको हिमपहिरोमा १२ घाइते, एकजना बेपत्ता


  • 7.2K
    SHARES
    • आश्विन १०, २०७९ सोमबार
    • ४ बर्षs अघि
    • 11.0K Views

    मनास्लु आधार शिविरको हिमपहिरोमा १२ घाइते, एकजना  बेपत्ता

    काठमाडौं ।  गोरखाको मनास्लु हिमालको आधार शिविरमा हिमपहिरो गएको छ ।  पर्यटन विभागका महानिर्देशक होमप्रसाद लुइँटेलले मनास्लु आधारशिविरमा हिमपहिरो गएको र सो घटनामा १२ जना घाइते भएको जानकारी दिएका छन् । घाइतेमध्ये तीनजनाको अवस्था गम्भीर छ ।  ६ जना सामान्य घाइते भएका छन् ।  मनास्लु हिमाल आरोहण गरेर फर्कने क्रममा एक विदेशी नागरिक सम्पर्कविहिन भएको पनि लुइँटेलले जानकारी दिएका छन् । 

    images

    हिमपहिरोमा परेकाको उद्धारका लागि काठमाडौंबाट तीनवटा हेलिकोप्टर  पठाइएको छ । यद्यपि, मौसम खराबीका कारण घटनास्थलमा अवतरण हुन नसकेको र हेलिकोप्टर गोरखाको सामागाउँमा अवतरण गरेको जनाइएको छ । 

    मनास्लु हिमपहिरोमा परेकाको उद्धारका लागि जानुभएका मिङ्मा शेर्पाले मौसम खराबीका कारण उद्धारमा कठिनाइ भएको जानकारी दिएकी छन् । गोरखाको सामागाउँमा तीन वटा हेलिकोप्टरसहित शेर्पा टोली तयारी अवस्थामा रहेको उनले जानकारी दिएकी छन् । 

    चुमनुब्री गाउँपालिका १ स्थित मनास्लु हिमालको आधार शिविरमा पहिरो गएको बताइएको छ । मनास्लु हिमाल आरोहण गर्न गएका विदेशी र उनीहरुका सहयोगी नेपाली आधार शिविरमा छन् । सेभेन समिट ट्रेकलगायत विभिन्न कम्पनीबाट आरोही मनास्लु गएका हुन् ।

    पर्यटन विभाग पर्वतारोहण शाखाका अनुसार शरद ऋतुको मनास्लु हिमाल आरोहणका लागि ३८ आरोही समूहका चार सय चार आरोहीले आरोहण अनुमति लिएका छन् । यो सिजनमा सगरमाथा, मनास्लुसहितका १५ हिमाल तथा चुलि आरोहणका लागि जम्मा ५८ आरोही समूहका पाँच सय ६ जनाले आरोहण अनुमति लिएका छन् ।-

     

  • सम्बन्धित विषय:

  • # मनास्लु  हिमाल आधार शिविर
  • # हिमपहिरो

  • तेस्रो आँखा