• ट्रेण्डिङ्ग :
हिमपहिरो अपडेट : एकको मृत्यु, १० जना बढी घाइते

हिमपहिरो अपडेट : एकको मृत्यु, १० जना बढी घाइते


  • 9.2K
    SHARES
    • आश्विन १०, २०७९ सोमबार
    • ४ बर्षs अघि
    • 14.1K Views

    हिमपहिरो अपडेट : एकको मृत्यु,  १० जना बढी घाइते

    काठमाडौं । मनास्लु हिमालमा हिमपहिरो जाँदा एकजनाको मृत्यु भएको छ । अन्य १० जना बढी घाइते भएको बताइएको छ ।

    images

    गोरखाको चुमनुब्री गाउँपालिका–१ मनास्लु हिमालमा पहिरो खस्दा उनीहरू घाइते भएका हुन् ।
     
    गण्डकी प्रदेश प्रहरी कार्यालयका प्रवक्ता एसएसपी शारदाप्रसाद चौधरीले एक जनाको मृत्यु भएको बताए । घाइतेको यकिन विवरण प्राप्त भइनसकेको उनले बताए । हिमपहिरोमा परेकाको उद्धारका लागि काठमाडौंबाट तीनवटा हेलिकोप्टर  पठाइएको छ । यद्यपि, मौसम खराबीका कारण घटनास्थलमा अवतरण हुन नसकेको र हेलिकोप्टर गोरखाको सामागाउँमा अवतरण गरेको जनाइएको छ । 

    मनास्लु हिमपहिरोमा परेकाको उद्धारका लागि गएकी मिङ्मा शेर्पाले मौसम खराबीका कारण उद्धारमा कठिनाइ भएको जानकारी दिएकी छन् । गोरखाको सामागाउँमा तीन वटा हेलिकोप्टरसहित शेर्पा टोली तयारी अवस्थामा रहेको उनले जानकारी दिएकी छन् । 

    चुमनुब्री गाउँपालिका १ स्थित मनास्लु हिमालको आधार शिविरमा पहिरो गएको बताइएको छ । मनास्लु हिमाल आरोहण गर्न गएका विदेशी र उनीहरुका सहयोगी नेपाली आधार शिविरमा छन् । सेभेन समिट ट्रेकलगायत विभिन्न कम्पनीबाट आरोही मनास्लु गएका हुन् ।

     

  • सम्बन्धित विषय:

  • # मनास्लु हिमपहिरो

  • तेस्रो आँखा
    लेखकबाट थप