काठमाडौं । नेपाली कांग्रेसले पछिल्लो पटक केन्द्रीय सदस्यमा मनोनित भएकालाई समानुपातिकको बन्द सूचीमा नराख्ने भएको छ ।
संसदीय बोर्डको आज (बिहीबार) बसेको बैठकले सभापति शेरबहादुर देउवाले पछिल्लो पटक मनोनित गरेका १० केन्द्रीय सदस्यलाई समानुपातिकतर्फ नराख्ने निर्णय गरेको हो ।उक्त निर्णय अनुसार केन्द्रीय सदस्यहरू किरण यादव, राधा घले, धना खतिवडा, उर्मिला थपलिया, रुक्मीणी कोइराला, कल्याणी रिजाल, गोमा भट्टराई , गंगा शाही, लक्ष्मी खतिवडा र सीता देवकोटा समानुपातिकको उम्मेदवार बन्न नपाउने भएका छन् ।
साउन ३१ मा सभापति देउवाले केन्द्रीय समिति विस्तार गर्ने क्रममा १० महिला थपेका थिए । यस्तै ६ भातृ संस्थामा मनोनित भएका अध्यक्षलाई पनि समानुपातिकको उम्मेदवार नबनाउने मापदण्ड बनेको छ ।
