• ट्रेण्डिङ्ग :
विद्युतीकरण
जाजरकोट-डोल्पा प्रशारण लाइनको नयाँ ठेक्का 

जाजरकोट-डोल्पा प्रशारण लाइनको नयाँ ठेक्का 


  • 5.1K
    SHARES
    • आश्विन १४, २०७९ शुक्रबार
    • ३ बर्षs अघि
    • 7.8K Views

    जाजरकोट-डोल्पा प्रशारण लाइनको नयाँ ठेक्का 

    जाजरकोट । जाजरकोटको पूर्व हुँदै डोल्पामा विद्युतीकरण गर्न तीन वर्ष अगाडिको ठेक्का तोडेर नयाँ ठेक्का स्वीकृत भएको छ । पटकपटक ताकेता गर्दा पनि काम नगरेपछि जाजरकोट–डोल्पा ३३ केभीको प्रशारण लाइनको नयाँ ठेक्का सुरु गरिएको नेपाल विद्युत प्राधिकरण कर्णाली प्रदेशले जनाएको छ ।

    images

    जाजरकोट कुदु हुँदै चौखा सम्मा एक खण्ड र कुद हुँदै डोल्पाको त्रिपुराकोट सम्मा अर्को खण्ड गरेर ठेक्का स्वीकृत गरिएको प्रदेश कार्यालयले जानकारी दिएको छ । तीन वर्ष सम्मा ठेक्का लिएर पनि काम नगर्दा यस पुर्वी जाजरकोट र डोल्पामा विद्यतीकरण गर्न मुस्किल हुँदै आएको थियो । नयाँ ठेक्का स्वीकृतसँगै कामले तिव्रता पाउने अपेक्षा लिइएको छ ।

    सुनिता एण्ड कविता मा शक्ति जेभी भक्तपुर र सुनिता एण्ड कविता ला निर्माण जेभी भक्तपुरले ठेक्का पारेका छन् । यो ठेक्काको काम अघिल्लो ठेकेदारले काम नगर्दा जाजरकोटको नलगाड, बारेकोट विद्युत बाल्न समस्या हुँदै आएको छ । डोल्पामा विद्युतीकरणमा ढिलाइ हुँदै आएको थियो । यहाँ रहेका जगदुल्ला जलविद्युत आयोजना, नलगाड जलविद्युत आयोजना र ताँक्सुगाड जलविद्युत आयोजनामा काम गर्न समस्या हुँदै आएको थियो । जाजकोटबाट प्रशारण लाइन निर्माण नहुँदा रुकुम पश्चिमको बाफिकोट स्थित सव स्टेशनमा सँग जगदुल्ला जलविद्युत आयोजानले पीपीए गरेको थियो ।

    पुनः भएको ठेक्काको काम तोकिएको मितिमा भएमा जाजरकोटको पुर्व र डोल्पा जिल्लामा विद्युतीकरण गर्न अब धेरै समय कुनुपर्ने अवस्था नरहेको जाजरकोटका प्रमुख जिल्ला अधिकारी अन्जन न्यौपानेले बताए । 

  • सम्बन्धित विषय:

  • # प्रशारण लाइन

  • हेमन्त केसी
    लेखकबाट थप