• ट्रेण्डिङ्ग :
हत्या आरोपमा पक्राउ

हत्या आरोपमा पक्राउ


  • 4.9K
    SHARES
    • आश्विन १६, २०७९ आइतबार
    • ३ बर्षs अघि
    • 7.5K Views

    हत्या आरोपमा पक्राउ

    झापा । कमल गाउँपालिका–२ मिलडाँगीका २३ वर्षीय चन्द्रबहादुर माझीले आमा र काकाको हत्या गरेका छन् । शनिबार राति उनले घरमा सुतिरहेका ५० वर्षीया आमा चन्द्रकला र काका ५० वर्षीय सन्तबहादुर माझीको धारिलो खुकुरी प्रहार गरी हत्या गरेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।

    images

    उनीहरूलाई सुतिरहेको अवस्थामा राति १० बजे चन्द्रबहादुरले खुकुरी प्रहार गरी हत्या गरेको प्रहरीको भनाइ छ । हत्यापछि खुकुर लिएर भाग्दै गरेको अवस्थामा प्रहरीले माझीलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता वसन्त पाठकले बताए । 

    पारिवारिक विवादका कारण आमा र काकाको हत्या गरेको हुनसक्ने प्रहरीले जनाएको छ । घटनाबारे थप अनुसन्धान भइरहेको उनले बताए । 

  • सम्बन्धित विषय:

  • # हत्या

  • तेस्रो आँखा
    लेखकबाट थप