• ट्रेण्डिङ्ग :
बाटोमै हुम्लावासी
उडान नहुँदा अझै अलपत्र यात्रु

उडान नहुँदा अझै अलपत्र यात्रु


  • 5.1K
    SHARES
    • आश्विन १६, २०७९ आइतबार
    • ४ बर्षs अघि
    • 7.9K Views

    उडान नहुँदा अझै अलपत्र यात्रु

    बाँके । हवाई उडान नहुँदा कर्णालीको दुर्गम जिल्ला जाने यात्रुले विजयादशमी, शुभदिपावली र छठ पर्वमा घर जान सकेका छैनन् । उनीहरु नेपालगञ्जमै अलपत्र परेका छन् । हुम्लाको सिमिकोटका लागि एकमात्र यातायातको साधन हवाइयात्रा रहेकाले निजी कम्पनीले काठमाडौं उडान केन्द्रित गरेपछि यात्रु नेपालगञ्जमै थन्किएका छन् ।

    images

    हाल नेपालगञ्जबाट कर्णालीका हिमाली जिल्लामा उडान भर्न समिट एयरको एक मात्र जहाज छ । समिट एयरको जहाज पर्खिरहेका यात्रु निराश अवस्थामा विमानस्थलमा भेटिन्छन् । हुम्लाका लागि टिकट लिन विमानस्थल पुगेका कोही पनि उड्न पाएका छैनन् ।

    विमान कम्पनीका कर्मचारी टिकट पहिलानै प्याक भइसकेको जवाफ दिँदैआएका छन् । एक यात्रुले आक्रोश पोख्दै भने, ‘भनसुन गर्नसक्ने उडे, हामी फर्कन बाध्य भयौँ ।’

    निजी विमान कम्पनीसहित सरकारी कम्पनी नेपाल एयरलाइन्सको विमान पनि नेपालगञ्जमा उपलब्ध छैन । नेपाल एयरलाइन्सको विमानस्थलस्थित काउन्टर बन्द छ ।

    सर्वसाधारण निराश भएर फर्किनु परिरहेको छ । निजी तारा एअरको जहाज काठमाडौँमा रहेकाले झनै सास्ती व्यहोर्नु परिरहेको यात्रुहरु बताउँछन् ।

  • सम्बन्धित विषय:

  • # उडान नहुँदा

  • तेस्रो आँखा
    लेखकबाट थप