प्युठान । प्युठानमा पहिरोमा पुरिएर ६ जना बेपत्ता भएका छन् । प्युठानको माण्डवी गाउँपालिका ४, फरिन्डेमा बमबहादुर राहु मगरको घर पहिरोमा पुरिएको हो ।
जिल्ला प्रहरी कार्यालय प्युठानका प्रवक्ता (प्रहरी निरीक्षक) सुशील थापा मगरका अनुसार पहिरोमा पुरिएर ६० वर्षीय बमबहादुर राहु मगर र उनकी पत्नी, १८ वर्षीया मौसमी थापा, ६० वर्षीय हीराबहादुर थापा, ४ वर्षीय सुसान थापा र २१ वर्षीय टेकी राहु मगर बेपत्ता भएका छन् ।
दिउँसो साढे ३ बजे घटनालगत्तै सदरमुकामबाट प्रमुख जिल्ला अधिकारी सुनीता नेपाल र प्रहरी नायब उपरीक्षक सुवास खड्कासहितको टोली घटनास्थलतर्फ गएको थापा मगरले बताए । ‘अत्यधिक वर्षाका कारण जताततै पहिरोले सडक अवरुद्ध भएको छ, टोली बाटोमै थन्किएको छ,’ उनले भने ।
-प्रतीकात्मक तस्बिर
