• ट्रेण्डिङ्ग :
'हुलाक सेवाले आफ्नो सेवालाई परिष्कृत, प्रतिस्पर्धी र  व्यवसायिक बनाउन आवश्यक'

'हुलाक सेवाले आफ्नो सेवालाई परिष्कृत, प्रतिस्पर्धी र  व्यवसायिक बनाउन आवश्यक'


  • 4.5K
    SHARES
    • आश्विन २४, २०७९ सोमबार
    • ४ बर्षs अघि
    • 7.0K Views

    'हुलाक सेवाले आफ्नो सेवालाई परिष्कृत, प्रतिस्पर्धी र  व्यवसायिक बनाउन आवश्यक'

    काठमाडौं । 'पोस्ट फर प्लानेट' भन्ने नाराका साथ १४८ औं विश्व हुलाक सेवा दिवस जनाइएको छ । आइतबार हुलाक सेवा विभागले हुलाक सेवाको सान्दर्भिकता विषयमा अन्तर्क्रिया कार्यक्रमको आयोजना गरी विश्व हुलाक सेवा दिवस  मनाएको हो ।

    images

    311030268_340582111595302_3788750650517821078_n.jpg

    कार्यक्रममा उत्कृष्ट तीन कर्मचारीलाई सम्मानित गरेको छ । सम्मानित हुनेमा श्रीप्रसाद खनाल, रामप्रसाद गैंडा र मनोज नगरकोटी रहेका छन् ।

     आइतबार राजधानीमा आयोजित अन्तर्क्रिया सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका सचिव डा.बैकुण्ठ अर्यालले बदलिँदो परिवेश अनुसार विभागले आफ्नो सेवालाई थप परिष्कृत, प्रतिस्पर्धी र  व्यवसायिक बनाउनु पर्ने बताए । उनले हुलाक सेवाको विकास र विस्तारको लागि सक्दो सहयोग गर्ने प्रतिवद्धता समेत व्यक्त गरे ।

    310984162_460174169253410_6020952646069902793_n.jpg

    पछिल्लो समय सूचना र प्रविधीले फड्को मारिरहेको अवस्थामा हुलाकमार्फत हुने गतिविधीमा कमि आएको छ। तर विभागकी महानिर्देशक इन्दु घिमिरेले भने अझै पनि हुलाकको महत्त्वमा कमि नआएको जिकिर गरिन् ।

    सोहि कार्यक्रममा  विभागले आइतबार देखिनै वितरण हुने गरि पाँच र दस मूल्यका हुलाक टिकटमा टाँचा लगाई सार्वजनिक गरेको छ । चर्चामा रहेका हिम टाकुरा, प्रसिद्ध धार्मिक स्थल तथा लोपोन्मुख औषधीय वनस्पतिलाई समेटेर १३ वटा टिकटमा टाँचा लगाई सार्वजनिक गरिएको हो ।

    311056112_837651990751250_468710094789413205_n.jpg

    हुलाक सेवा विभागमा आयोजित उक्त कार्यक्रममा विभाग अन्तर्गतका विभिन्न ४ कार्यालयका प्रमुखहरुले आ आफ्ना कार्याल्यका समस्या र त्यसको समाधानका लागि सुझाव प्रस्तुत गरेका थिए ।


    तेस्रो आँखा