• ट्रेण्डिङ्ग :
परम्परा तोडेको कि प्रचण्डलाई बिर्ता दिएको ?

परम्परा तोडेको कि प्रचण्डलाई बिर्ता दिएको ?


  • 5.1K
    SHARES
    • आश्विन २५, २०७९ मंगलबार
    • ३ बर्षs अघि
    • 7.8K Views

    परम्परा तोडेको  कि प्रचण्डलाई बिर्ता दिएको ?

    काठमाडौं । नेपाल समाजवादी पार्टीका अध्यक्ष डा. बाबुराम भट्टराईले यसपटक प्रत्यक्षतर्फको निर्वाचनमा उम्मेद्‍वारी दिएनन् । उनी आइतबार नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको उम्मेद्‍वारी दर्ताका लागि गोरखा पुगे । आफ्नो निर्वाचन क्षेत्र माओवादी केन्द्रका अध्यक्ष प्रचण्डलाई छाड्न पाउँदा आफू निकै हर्षित भएको पिन उनको प्रतिक्रिया पनि आयो ।

    images

    प्रचण्डलाई ठाउँ दिएपछि उनले आजीवन कुर्सीमा बस्ने गलत परम्परालाई तोडेको जनाएका छन् । उनले प्रचण्ड अन्तर्राष्ट्रिय स्तरसम्म ख्याति प्राप्त भएकाले आफूले प्रतिनिधित्व गरेको ठाउँ हस्तान्तरण गरेको जनाएका छन् । सामाजिक सन्जालमा बाबुराम भट्टराईले 'आजीवन कुर्सीमा बस्ने गलत परम्परा तोडें' भनेको विषय भाइरल भएको छ । विनोद गौतमले 'आजीवन कुर्सीमा बस्ने गलत परम्परा तोडें : बाबुराम भट्टराई' भन्ने स्टाटस लेखेपछि विभिन्न कमेन्ट लेखिएका छन् । 

    भेष आले - सहमतिमा छोरीका लागि प्रचण्डलाई गोरखा छाडेर गफ दिए भयो, हामी सोझा आम नेपाली जनतालाई कति मुर्गा बनाउँछौ ।

    प्रदीप क्षेत्री - छोडेको होइन प्रचण्डले मारिदिन्छु भनेको होला, त्यसैले कुर्सी छोडेको हो । 

    तिलकबहादुर विष्ट - राष्ट्रियसभाको लागि निर्विरोध छ किन दु:ख गरि राख्नु ? आफूलाई नभए पनि छोरीलाई दिए, सक्कि गो नि, साधारण गरिबका छोराछोरीलाई उठाए पो विस्वाश मान्नु । 

    नवल प्रसाई संकल्प - तोडेको होइन, गोरखा प्रचण्डलाई छोडेको हो । 

    दीपक थापा - चुनाव जित्नु पर्यो नि ? जनताले भोट दिनुपर्यो नि

    आरके मोक्तान - अब यस्तो नाटक जनतालाई नदेखाए हुन्छ ।

    लालु सिलवाल - तिम्रो पालो पुगेर अब छोरीलाई बसाउनक लागि हैन र यो सब नाटक । बूढिगण्डकी हाइड्रो पावरको अर्बौ कमिसनको केही हिस्सा लिएर आफ्नो निर्वाचन क्षेत्र बेच्यो ।

    राम उपाध्याय - छोरीका लागि भए पनि त्याग त गरेकै हुन् है ।

    अजय सहनी - राजतन्त्र र तिमीमा के फरक रह्यो ।

    रामबहादुर सुनार - यति गर्दा पनि जनता खुसी हुदैनन् ।

    गोविन्द घिमिरे - अब चै बल्ल १७ हजार निर्दोष जनता मारेको पापको खुन ज्यानमाराको शरीरमा प्रवेश भएछ , र त्यसको बुद्धि आएछ, चारैतिर कुदो, ज्यानमाराले कहिँ ठाउँ पाएन देश लुट्न, तेसैले लाष्टमा कुर्सी नै त्याग गरे भन्छ देश भडुवा । 

    नरहरि पाण्डे - बाबुरामको दुई जिब्रो हो, उहाँको विश्वास कहिल्यै नगर्नुहोस् किन भने प्रचण्डलाई भ्रष्टाचारको आरोप लगाउने उहाँ नै हो। आफ्नै जिल्लामा बाबुरामले विश्वास् गुमाएका छन् ।

    एकल गोर्खाली - बाबुराम एक नम्बरको गद्दार, आफ्नो स्वार्थका लागि आजीवन कुर्सीमा बस्ने परम्परा तोडें भन्न लाज लाग्दैन ? बरु आफ्नो चुनावी क्षेत्र कति पैसामा प्रचण्डलाई दिइस् त्यो भन्दा हुन्छ त गद्दार ।

    प्रेम ढकाल - दही-चिउरे बाबुराम भट्टराई। पहिला बूढीगण्डकी घोटालामा अर्बौ खाने प्रचण्ड, केपी ओली अनि शेरबहादुरहरुले खायो भन्दै घोक हाल्ने मान्छे अहिले अर्कै बोल्दै छ। यस्ता एउटा बोलीको विश्वास नभएका पातकीहरुलाई भोट दिनु हुँदैन । स्वतन्त्र र घण्टी जिन्दावाद गर्नुपर्छ अब ।

    मोहम्मद मोतालिब अन्सारी - बाबुराम कुर्सीमा टाँसिएर देश र जनता लुट्ने, नेपालका उद्योगधन्दा बन्द गराई युवालाई विदेसिन लगाई विद्युत भारत लाई बेची जनतालाई अँध्यारोमा राखेर रोजगार खोसेर विदेसिन बाध्य बनाउने गिरिजा, देउवा जस्ता लुटेरा होइन । हामी नेपाली भेडो जनताले हाम्रो रगत कसले चुसेर बसेको छ, ठम्याउनै सक्दैनौं । चोर नेता र लुटेराको लै लै मा हामी लागेका छौं । देश बनाउन बाबुराम नै चाहिएको थियो, लुटेराहरुले यीनलाई काम गर्ने मौकै दिएनन् । 

    धर्म आचार्य - परिवारवादको परम्परा तोड्न किन सकेनौ ?

    शंकर कार्की - ढिलै भएपनि प्रचण्डले ५/७ अरब भाग दिएकै होला ।

    कुँवर पदम - छोरीलाई जिताउन अनेक राजनीति गर्दैछौ । तर तिम्रो छोरीले कुनै हालतमा चुनाव जित्नेवाला छैन । 

    राजु तिमिल्सिना - गोर्खासँग काठमाडौं साटेको होइन र कमरेड ?

    केशव थापा - यो फटाहाले ठग बिषयमा पीएचडी गरेको रहेछ।

    योगेन्द्र बस्नेत - भनन, तिमिलाई प्रचन्डले कतिमा किने ,कतिमा बिकेउ ,तिमी त उठे पनि तिमिलाई थेचार्ने थिए, तर प्रचण्ड पनि थेचारिने हो ।

    खुसार महत्तो - हार्ने गोरुको छेर्ने बानी ।

    टाइगर थापा - डराएर छोडेको हो यो दही-चिउरेले

    डिल्ली खुलाल - काम्रेडले ठिक गर्नु भयो, नत्र यसपाली जमानत जफत हुने अवस्था थियो त ।

    वसन्तपुर सेरोफेरो - जे भए पनि अब चुप लागेर युवालाइ सल्लाह-सुझाब दिएर आराम गर्नुहोस् ।

    शान्ति शान्ति - डा. बाबुरामले जे भने पनि तेस्तो खाले विचार भएजस्तो लाग्दैन ! खरो स्वभावको जरुरी हो ! लुकाइछिपाइ नगर्ने । बरु डा. बाबुरामजस्तो मान्छे आजको आवश्यकता हो । यदि साथ र सहयोग पायो भने ।

    राज तिवारी - आजीवन कुर्सीमा बस्न छोडें भन्दै छोरीलाई कुर्सीमा बसाउने चलाख जन्तु भनेकै भारुराम कामी हो । 

    डोटाराज बस्नेत - यस्ता नेता त नउठेको राम्रो, देश बेच्नबाट रोकिन्छ कि ? सेरे, प्रचण्ड, ओली, माधव, बामे, गगने, झले उठेपनि जनताले भोट नदिए हुने थियो । एक जना त जानुभयो । कुचो लगाएर बढार्नु पर्ने थियो, हावाले लगो ।अरुलाई के गर्ने होला ?

    आसिराम ओली - परम्परा तोडेको हो कि प्रचण्डलाई बिर्ता दिएको ?

    मुकेश धमला शर्मा - प्रचण्डेले बाबुरामजी म तपाइँलाई राष्ट्रपति बनाउँछु, मलाइ तपाइको ठाउँ सुरक्षित छ, त्यसैले त्यहाँबाट उठ्नदिनुस अनि तपाइँकी छोरीलाई पनि म टिकट दिन्छु भनेर मक्खै पारेर न उठेको हो । हामीलाई थाहा नभएको हो र ??

    दिनेशराज भट्ट - अब छोरीलाई कुर्सीमा पुर्‍याउन आफूले कुर्सी छोडेको भन्दा राम्रो हुन्छ, जसलाई भ्रष्टाचारको आरोप लगाउने मान्छे आज उसैसँग काँध मिलाउँदै आफ्नै निर्वाचन क्षेत्रमा प्रचण्डलाई सघाउन पुगेको छ ।