• ट्रेण्डिङ्ग :
पुजारी भवन, किरियापुत्री तथा ओम शान्ति भवनमा महानगरको डोजर

पुजारी भवन, किरियापुत्री तथा ओम शान्ति भवनमा महानगरको डोजर


भत्काइए थापाथलीस्थित वाग्मती किनारका अनधिकृत संरचना

  • 6.8K
    SHARES
    • आश्विन २८, २०७९ शुक्रबार
    • ४ बर्षs अघि
    • 10.4K Views

    पुजारी भवन, किरियापुत्री तथा ओम शान्ति भवनमा महानगरको डोजर

    काठमाडौं । काठमाडौं महानगरपालिका ११, थापाथलीस्थित वाग्मती किनारका अनाधिकृत संरचना हटाउन थालिएको छ । नदीको बहाव क्षेत्रका सार्वजनिक जग्गामा अनधिकृत रुपमा संरचना बनाएर वाग्मती प्रदूषित बनाइएको भन्दै अधिकार सम्पन्न वाग्मती सभ्यता एकीकृत विकास समितिले धेरै वर्षअघिदेखि यी संरचना हटाउन खोजेको थियो ।

    images

    यी संरचना हटाउन उक्त समितिले गत माघमा पनि सूचना प्रकाशित गरी काम अघि बढाएको थियो । त्यसबेला विभिन्न समूहको दबाबमा काम रोकिएकामा अहिले काठमाडौं महानगरपालिकाको सहयोगमा ती अनधिकृत संरचना भत्काउन थालिएको समितिका सूचना अधिकारी कमल अर्यालले जानकारी दिए । 

    त्यस क्षेत्रमा निर्माण भएको रुद्रेश्वर महादेव मन्दिरको पुजारी भवन, किरियापुत्री भवन, ओम शान्ति भवनलगायत संरचना भत्काइएको छ । थापाथली क्षेत्रमा सुकुम्बासीका नाममा नदी किनारको सार्वजनिक जग्गा कब्जा गरेर बस्नेलाई भने राजनीतिक संरक्षणका आधारमा केही नगरिएको भन्दै त्यस क्षेत्रमा विरोध पनि भइरहेको छ । सुकुम्बासीका नाममा नदी किनारको जग्गा कब्जा गर्नेलाई पनि त्यहाँबाट हटाउन नदी सफाइ अभियानकर्मीले माग गरेका छन् ।
     
    राजधानीमा सुकुम्बासीका नाममा नदी किनारका सार्वजनिक जग्गा कब्जा गर्नेले सबैभन्दा बढी नदी प्रदूषित बनाउँछन् । सुकुम्वासीलाई इचङ्गुनारायणमा आवासीय भवन निर्माण गरेको वर्षौं बिते पनि सर्न मानेका छैनन् । राजधानीको मुटुमा रहेको नदी किनारमै बस्न पाउनुपर्ने माग सुकुम्बासीहरुका नाममा हुँदै आएको छ ।
    -फाइल तस्बिर

  • सम्बन्धित विषय:

  • # वाग्मती किनार

  • तेस्रो आँखा