• ट्रेण्डिङ्ग :
देशभरका प्याराग्लाइडिङ अनिश्चितकालका लागि बन्द

देशभरका प्याराग्लाइडिङ अनिश्चितकालका लागि बन्द


  • 5.3K
    SHARES
    • आश्विन ३१, २०७९ सोमबार
    • ४ बर्षs अघि
    • 8.2K Views

    देशभरका प्याराग्लाइडिङ अनिश्चितकालका लागि बन्द

    काठमाडौं । नेपाल नागरिक उड्डयन प्राधिकरणले देशैभर प्याराग्लाइडिङ उडानमा प्रतिबन्ध लगाएको छ । पोखरामा जारी नवौं राष्ट्रिय खेलकुदका क्रममा नेपाली सेनाका प्याराग्लाइडिङ खेलाडी निसिम थापामगरको दुर्घटनामा परेर निधन भएपछि प्राधिकरणले खेलकुद, मनोरञ्जन तथा व्यावसायिक प्रयोजनका लागि चल्ने सबैखाले प्याराग्लाइडिङ अनिश्चितकालका लागि बन्द गरेको हो ।  

    images

    नेपाल नागरिक उड्डयन प्राधिकरणको निर्णय अनुसार अर्को व्यवस्था नभएसम्म देशभर मनोरञ्जनात्मक, व्यवसायिक र खेलकुदजन्य प्याराग्लाइडिङ उडान गर्न पाइने छैन ।

    थापामगर सराङकोटमा जारी पुरूषतर्फको क्रस कन्ट्री प्याराग्लाइडिङ प्रतिस्पर्धामा भाग लिइरहेका बेला दुर्घटनामा परेका हुन् । प्याराग्लाइडिङ अनियन्त्रित भएपछि उनी उडेको केही बेरमै खसेको कास्की प्रहरीले जानकारी दिएको छ ।

    प्राधिकरणका प्रवक्ता जगन्नाथ निरौलाले दुर्घटनापछि यो क्षेत्रको उडान सुरक्षालाई सूक्ष्म रूपमा अध्ययन गर्न उक्त निर्णय गरिएको जानकारी दिए । प्राधिकरणका प्रवक्ता जगन्नाथ निरौला भन्छन्, ‘प्याराग्लाइडिङ उडानबारे अहिलेको ऐन, नियम, प्रावधान तथा उडान सुरक्षाको अवस्थाको समीक्षा गर्ने  उडानमा रोक लगाएका हौं ।’

    साहसिक पर्यटन प्रडक्टको रूपमा चिनिने प्याराग्लाइडिङ पोखरामा चर्चित छ । अर्को व्यवस्था नहुँदासम्म देशभरिका प्याराग्लाइडिङ सेवा बन्द गरिएको निरौलाले बताए ।

    अब यो सेवा प्राधिकरणले खुला नगरेसम्म पूर्ण बन्द हुने र सञ्चालन हुन केही महीना वा ६ महीनासम्म लाग्न सक्ने उनले बताए । प्याराग्लाइडिङ सेवालाई थप सुरक्षित र भरपर्दो बनाउन गृहकार्य गरिरहेको पनि प्राधिकरणले बताएको छ । 


    तेस्रो आँखा