• ट्रेण्डिङ्ग :
कांग्रेसीहरुको शक्ति राज्य दोहनमा लगाउन पाइँदैन : महामन्त्री थापा

कांग्रेसीहरुको शक्ति राज्य दोहनमा लगाउन पाइँदैन : महामन्त्री थापा


  • 6.3K
    SHARES
    • पौष १, २०७८ बिहीबार
    • ४ बर्षs अघि
    • 9.7K Views

    कांग्रेसीहरुको शक्ति राज्य दोहनमा लगाउन पाइँदैन : महामन्त्री थापा
    • तेस्रो आँखा डेस्क

    काठमाडौं, १ पुस । नेपाली कांग्रेसका नवनिर्वाचित महामन्त्री गगन थापाले कांग्रेसका लाखौँ सदस्यहरुको शक्तिलाई राज्यको दोहन गर्ने अस्त्रका रुपमा कांग्रेसले प्रयोग नगर्ने बताएका छन् ।

    images

    महामन्त्री नियुक्त भएपछि सञ्चारकर्मीसंग कुराकानी गर्दै थापाले लाखौँ कार्यकर्ताको शक्तिलाई राज्यको दोहन गर्ने अस्त्रका रुपमा प्रयोग गर्ने छुट कांग्रेसका कसैलाई पनि नरहेको भन्दै यो शक्तिलाई पार्टी रुपान्तरणमा प्रयोग गरिने बताए ।

    पार्टीको मुल नेतृत्व परिवर्तन आफूहरुले चोहेको भन्दै थापाले त्यसो हुन भने नसकेको उनको भनाई । ‘हामीहरुले पार्टीको मुल नेतृत्व नै परिवर्तन गरेर कांग्रेसमा पुस्तान्तरण खोजेका थियौँ,’ उनले भने ‘तर त्यसो भने हुन सकेन ।’

    कांग्रेस सभापति शेरबहादुर देउवा कांग्रेसको अभिभावका रुपमा पुनः निर्वाचित भैसकेको भन्दै  थापाले आफुहरुको परिवर्तनका एजेण्डालाई देउवाले स्वीकार्नु पर्ने बताए । उनले आफ्नो भुमिका अब पार्टीमो ब्यक्तिको बर्चश्व भत्काउने रहेको समेत उनको भाइ छ । 

    यसैविच थापाले अहिले पत्रकार सम्मेलन गर्दैछन् ।


    तेस्रो आँखा