• ट्रेण्डिङ्ग :
कांग्रेस महाधिवेशन : भत्कियो पारिवारिक ‘बिरासत’ 

कांग्रेस महाधिवेशन : भत्कियो पारिवारिक ‘बिरासत’ 


  • 6.7K
    SHARES
    • पौष १, २०७८ बिहीबार
    • ४ बर्षs अघि
    • 10.4K Views

    कांग्रेस महाधिवेशन : भत्कियो पारिवारिक ‘बिरासत’ 
    • तेस्रोआँखा डेस्क

    काठमाडौं,पुस १ ।  कांग्रेसका पुरानानेता महेन्द्रनारायण निधि । महेन्द्रनारायण निधि । कांग्रेसको स्थापनाकालमा अहम भुमिका निर्वाह गरेका महेन्द्र पछि उनका छोरा बिमलेन्द्रले पनि ‘कांग्रेस फेरो’ पकडे । बाबुले कांग्रेस राजनीतिमा गरेको त्यो योगदानको ‘जस’ बिमलेन्द्रलाई पनि मिल्दै गयो । पारिवारिक बिरासतको प्रतिफल पनि बिमलेन्द्र कांग्रेसको उँचो नेता बन्ने ‘ल्याकत’ राख्न सफल भए नै । फलतः उपसभापतिमा रहेर कांग्रेसको निर्णायक शक्तिको एउटा ‘पात्र’ बने उनी । निधिले उहि पारिवारिक बिरासतलाई फेरी ‘क्यास’ गर्न चाहन्थे । अनि पार्टी नेतृत्वमै रहेर आफ्नो कद उँचो पार्न चाहन्थे । तर कांग्रेसमा भित्रिएको पछिल्लो पुस्ताले यो पारिवारिक बिरासतलाइ टिक्न दिएन , उनि सभापतिमा पराजित बन्न पुगे । 

    images

    कांग्रेसको सभापति संगै उपसभापति र महामन्त्रीको मतपरिणाम आइसकेको छ । मत परिणामको याो चरण सम्मको नतिजाले कांग्रेसमा पारिवारिक बिरासत डगमगाइसकेको छ भन्ने गतिलो सन्देश दिइसकेको छ । बिमलेन्द्र जस्तै पारिवारिक बिरासतसंग जोडिएका सबैजसो नेताहरु यो महाधिवेशनमा ‘फेल’ भैसकेका छन् । 

    गणेशमान सिंह पुत्र प्रकाशमान । उनि पनि आफ्नो बाबुको पुरानो बिरासत जोगाउन कांग्रेस नेतृत्वमा आउने चेष्टा गरे । तर गणेशमानको त्यो बिरासतकै आधारमा ‘प्रकाशमान नेतृत्वमा आउनु पर्छ’ भन्ने मान्यतालाई अहिलेको महाधिवेशनले फेल खुवाईदिएको छ । यति मात्रै हैन, कांग्रेसमा गणेशमान सिंहको पुरानो बिरासत कायम गर्ने लक्ष अनुरुप सभापतिको रेसमा दौडिएका प्रकाशमान ‘देउवा बिरासत’ मा सेपिन पुगेका छन् । 

    बिपी पुत्र डा. शशांक कोइरालाले पनि पार्टी नेतृत्वमा आफ्नो उपस्थिती खोजे । बिपीले प्रतिपादन गरेको सिद्धान्तकै आधारमा चलेको नेपाली कांग्रेसमा उनै सिद्धान्तकारका छोरा शशांकले कांग्रेसको नेतृत्व चाहे । तर उनको यो प्रयासलाई उनकै समुहले पत्याएन । आफ्नो समुहको एकल उम्मेदवार बन्न पाएनन् उनी । अनि यसअघि महामन्त्री भैसकेका शशांक केन्द्रीय सदस्यको उम्मेदवार बनेर भिड्नु पर्यो ।

    त्यसोत, कोइराला परिवारकै अर्का सदस्य शेखर कोइरालालाई पनि पारिवारिक बिरासत फापेन । देउवासंग भिडेका उनि पराजित भए । गिरीजा प्रसाद कोइराला पुत्री सुजाताको पराजय कांग्रेसमा पारिवारिक बिरासत भत्कीएको अर्को उदाहरण हो । आफ्ना बाबुको योगनदानलाई अस्त्र बनाएरै सभापतिमा आकांक्षा ब्यक्त गरिरहेकी सुजाता अन्ततः उपसभापतिको उम्मेदवार बनिन् । आफ्ना बाबुले नेतृत्व गर्दै आएको कांग्रेस भित्रको समुह छोडेर प्रकाशमानको उपसभापति उम्मेदवार बनेकी सुजाता उपसभापतिमा पराजित भईन्, उनलाई पनि पारिवारिक बिरासतले साथ दिएन । 

    यो नतिजाले कांग्रेसको १४ औँ महाधिवेनले कांग्रेस भित्रको पारिवारिक बिरासत भत्काइदिएको छ । पारिवारिक बिरासतका आधारमा कांग्रेस राजनीतिमा अगाडी बढ्ने प्रयत्नलाई फेल खुवाइदिएको महाधिवेशनले पारिवारिक बिरासत भन्दा पनि ‘ब्यक्ति चयन’ लाई बढावा दिएको छ । 

    त्यसोत,कांग्रेसमा पछिल्लो पुस्ताको सहभागीता बढेको छ । फलतः उनिहरुले पुरानो पुस्ताको योगदान भन्दा पनि अहिलेका नेताहरुको योगदान र बिचारलाइ मध्यनजर गरिरहेका छन् ।  
        


    तेस्रो आँखा