काठमाडौं, १ पुष । कांग्रेस सहमहामन्त्री पदको १ सय १ मतगणनामा समावेशीतर्फ दलित कोटामा जीवन परियारले अग्रता लिएका छन् । नेपाली कांग्रेस पार्टी कार्यालय ललितपुरमा जारी मतगणनामा एक सय १ मतगणना हुँदा परियारले ५४, मानबहादुर विश्वकर्माले ४६ र गंगा सुनारले १ मत प्राप्त गरेका छन् ।
मंसिर २७ गते सोमबार भएको मतदानमा विभिन्न क्लस्टरबाट ८ पदका लागि १९ जना चुनावी मैदानमा छन् । कांग्रेस विधान अनुसार विभिन्न क्लस्टर र भूगोलको प्रतिनिधित्व गर्न ८ सहमहामन्त्री बनाउने व्यवस्था गरिएको छ ।
समावेशी कोटा अन्र्तगत महिला एक पदकालागि दुई जना, एक दलित पदकालागि तीन जना, आदिवासी जनजाती एक सिटकालागि दुई जना, खसआर्य एक सिटकालागि दुई जना, मधेशी एक सिटकालागि तीन जना प्रतिस्पर्धामा रहेका छन् ।
त्यस्तै मुस्लिम एक सिटकालागि दुई जना मैदानमा हुदा, थारु तर्फ दुई जना प्रतिस्पर्धा छन् । पिछडिएको क्षेत्र एक सिटकालागि तीन जना प्रतिस्पर्धामा रहेका छन् । १४ औं महाधिवेशन अन्र्तगत कांग्रेसले अहिलेसम्म सभापति, उपसभापति र महामन्त्रीको टुंगो लगाई सकेको छ । सहमहामन्त्रीको टुंगो आजै लाग्ने निर्वाचन समितिले जनाएको छ ।
