तेश्रो आँखा डेस्क
काठमाडौं, २ पुष । नेपाली कांग्रेस १४ औं महाधिवेशन अन्र्तगत सह-महामन्त्री पदका लागि भएको मतदानको मतगणना सकिएको छ । ललितपुरस्थित पार्टी केन्द्रीय कार्यालय सानेपामा भएको मतगणनामा खसआर्यतर्फ किशोर सिंह राठौर विजयी भएका छन् ।
खसआर्यतर्फ ४ हजार ५९२ मत खसेकोमा राठौरले २ हजार ५७६ मत प्राप्त गरेको केन्द्रीय निर्वाचन समिति सचिव केशव रिजालले बताए । उनका प्रतिद्वन्द्वी देवराज चालिसेले २ हजार ५९ मत प्राप्त गरेका छन् ।
त्यस्तै, मुस्लिम कोटातर्फ फरमुल्लाह मन्सुर विजयी भएका छन् । यस क्लस्टरमा ४ हजार ६९५ मत खसेकोमा उनले २ हजार ७७६ मत प्राप्त गरे । उनका प्रतिद्वन्द्वी शेख वकीलले १ हजार ८७५ मत प्राप्त गरे ।
त्यस्तै, मधेशी, थारू र पिछडिएको क्षेत्रको मतपरिणाम केहीबेरमा सार्वजनिक गर्ने निर्वाचन समितिले जनाएको छ ।
कांग्रेस विधान अन्तर्गत गत विभिन्न क्लस्टरबाट ८ सह-महामन्त्रीका लागि १९ जना प्रतिस्पर्धामा थिए । त्यसमध्ये गएराति समावेशी कोटा महिला, दलित र आदिवासी जनजातीको मतरिणाम आइसकेको छ ।
