• ट्रेण्डिङ्ग :
कांग्रेस प्रदेश २ को अधिवेशन पुस ६ र ७ गते हुने 

कांग्रेस प्रदेश २ को अधिवेशन पुस ६ र ७ गते हुने 


  • 7.6K
    SHARES
    • पौष ३, २०७८ शनिबार
    • ४ बर्षs अघि
    • 11.7K Views

    कांग्रेस प्रदेश २ को अधिवेशन पुस ६ र ७ गते हुने 

    जनकपुरधाम, ३ पुस । नेपाली कांग्रेस प्रदेश २ को अधिवेशन अगामी पुस ६ र ७ गते हुने भएको छ । 

    images

    महाविधेशनअघि नै प्रदेश अधिवेशनको उद्घटान भए पनि सर्लाहीसहितका जिल्लामा विवाद समाधान नहुँदा कांग्रेसको प्रदेश २ को अधिवेशन अझै हुन सकेको छैन । विवाद हुँदा पार्टी केन्द्रीय महाधिवेशनमा असर नपरोस भनेर स्थगित गरिएको प्रदेश अधिवेशन अब यही पुस ६ र ७ गते हुने भएको छ ।

    कांग्रेस केन्द्रीय निर्वाचन समितिको बैठकले प्रदेश २ को अधिवेशन पुस ६ र ७ गते गर्ने निर्णय गरेको छ । निर्वाचन समिति सदस्य अरुणकुमार यादवका अनुसार महाधिवेशन सम्पन्न पश्चात पुस ६ र ७ गते प्रदेश अधिवेशन हुने निर्णय भएको हो ।

    यता, प्रदेश अधिवेशनको मिति पुनः तोकिएपछि प्रदेशमा कांग्रेस नेताहरूको चहलपहल बढेको छ । प्रदेश सभापतिका लागि देउवा समूहबाट रौतहटका जिल्ला सभापति कृष्ण यादव, विमलेन्द्र निधी समूहबाट प्रदेश २ का भौतिक पूर्वाधार विकास मन्त्री रामसरोज यादव, स्वतन्त्र उम्मेदवारको रूपमा रञ्जित कर्णले औपचारिक रूपमा उम्मेदवारी घोषणा गरिसकेका थिए ।

    पार्टीको महाधिवेशनअघि प्रदेशमा कृष्णा यादव र रामसरोज यादव बलियो उम्मेदवारको रूपमा देखिए पनि महाधिवेशन पश्चात समिकरण फेरिएको शेखर कोइराला समूहले पनि उम्मेदवारी दिन सक्ने कांग्रेसका नेताहरूको भनाई छ ।

     

  • सम्बन्धित विषय:

  • # नेपाली कांग्रेस

  • तेस्रो आँखा