साफ च्याम्पियनसिप फूटबलमा ईतिहाँस रचेको नेपालले आज भारत बिरुद्ध साफ च्याम्पियनसिप उपाधिका लागि भड्दिैछ । मालदिभ्समा जारी प्रतियोगीतामा नेपाल ईतहाँस रच्दै फाईनलमा प्रवेश गरेको छ । उसले आज कडा प्रतिष्पर्धी भारतसंग उपाधीका लागि खेल्ने भएको हो । खेल नेपाली समय अनुसार आज राती पौने ९ बजे देखि सुरु हुने छ । फाईनल खेलमा नेपाललाई केहि झड्का भने लागेको छ ।
नेपालका अन्जन बिष्टले दोहोरो पहेँलो कार्ड पाएपछि आज हुने फाईनल खेल्न पाउने छैनन । यसैगरि नेपालका मुख्य प्रशिक्षक अब्दुल्लाह अल्मुताइरीलाई पनि साफले प्रतिवन्ध लगाएको छ । श्रीलंका र बंगलादेश बिरुद्धको खेलमा अल्मुताईरीले पहेँलो कार्ड पाएका कारण उनलाई आज हुने फाईनल खेलमा प्रतिवन्ध लगाईएको हो । तर साफकै नियममा रातो कार्ड पाए मात्रै अफिसियलले अर्को खेल गुमाउने भन्ने छ । साफले आफ्नै नियम मिच्दै अल्मुताईरीलाई प्रतिबन्ध लगाएको हो ।
