• ट्रेण्डिङ्ग :
आजदेखि टी-२० विश्वकप

आजदेखि टी-२० विश्वकप


  • 6.9K
    SHARES
    • आश्विन ३१, २०७८ आइतबार
    • ४ बर्षs अघि
    • 10.6K Views

    आजदेखि टी-२० विश्वकप

    आजदेखि टी-२० विश्वकप २०२१ सुरु हुँदैछ।

    images

    आगामी १४ नोभेम्बरसम्म युएई र ओमानमा हुने विश्वकपमा आजदेखि पहिलो चरणका खेल हुन लागेका हुन्। 

    पहिलो चरणको खेलअन्तर्गत आज पहिलो खेल ओमान र पपुवा न्युगिनीबीच हुँदैछ। ओमानको अल अमरेत रंगशालामा हुने खेल दिउँसो पौने चार बजे सुरू हुनेछ।

    आजै बंगलादेश र स्कटल्यान्डबीच प्रतिस्पर्धा हुनेछ। राति पौने आठ बजे सुरु हुने यो खेल पनि अल अमरेतमै हुनेछ।

     

    टी-२० विश्वकप २०२१ मा सहभागी १६ टिमले दुई चरणमा प्रतिस्पर्धा गर्नेछन्। 

    जसमा आठ टिमले पहिलो चरणमा प्रतिस्पर्धा गर्दा आठ टिम सिधैं सुपर-१२ मा पुगेका छन्।  

    सुपर-१२ मा बाँकी चार टिम पहिलो चरणबाट छनोट हुनेछन्।

    ‍पहिलो चरणमा दुई समूहमा प्रतिस्पर्धा हुनेछ। समूह विजेता र उपविजेता गरी चार टिम सुपर-१२ मा पुग्नेछन्।

     

    पहिलो चरणबाट चार टिम सुपर-१२ पुगेपछि २३ अक्टोबरबाट दोस्रो चरणको खेल हुनेछ।

    जसमा अस्ट्रेलिया र दक्षिण अफ्रिका तथा इंग्ल्यान्ड र वेस्ट इन्डिज पहिलो दिन भिड्नेछन्। 

    २४ अक्टोबरमा भारत र पाकिस्तानबीच खेल हुनेछ।

    सुपर-१२ को समूह विभाजनमा भारत र पाकिस्तान एउटै समूहमा छन्। भारत र पाकिस्तानसँगै न्युजिल्यान्ड, अफगानिस्तान, समूह ए उपविजेता र समूह बी विजेताले समूह-२ मा प्रतिस्पर्धा गर्नेछन्। 

    समूह-१ मा इंग्ल्यान्ड,  अस्ट्रेलिया,  दक्षिण अफ्रिका,  वेस्ट इन्डिज,  समूह ए विजेता र समूह बी उपविजेताबीच खेल हुनेछ।

    प्रतियोगिताका खेल दुबई अन्तर्राष्ट्रिय रंगशाला, अबुधावीको शेख जायेद रंगशाला, शारजाह रंगशाला र ओमान क्रिकेट एकेडेमी मैदानमा हुनेछन्।

    प्रतियोगिताको सेमिफाइनल १० र ११ नोभेम्बरमा हुनेछ भने फाइनल खेल १४ नोभेम्बरमा दुबईमा हुनेछ।


    तेस्रो आँखा