• ट्रेण्डिङ्ग :
देशभर अहिले सम्म बाघले कति मान्छे खायो ? 

देशभर अहिले सम्म बाघले कति मान्छे खायो ? 


  • 10.2K
    SHARES
    • आश्विन ३१, २०७८ आइतबार
    • ४ बर्षs अघि
    • 15.7K Views

    देशभर अहिले सम्म बाघले कति मान्छे खायो ? 


    बर्दिया राष्ट्रिय निकुञ्जमा बढिरहेको बाघको त्राससंगै बाँकेमा पनि बाघको जोखिम बढ्दै गईरहेको छ । बाँकेको गाभरमा एकजनालाई आक्रमण गरेर खानु र पूर्व पश्चिम राजमार्ग क्षेत्रमा दिनहुँ बाघ देखिन थालेपछि सर्वसधारण संगै महेन्द्र राजमार्गमा चल्ने साना सवारी साधन (मोटरसाईकल) मा यात्रा गर्ने नागरिहरु बाघबाट निकै असुरक्षित बन्दै जान थालेका छन् । देशभर बाघले अहिले सम्म कति नागरिकलाई आक्रमण गरेको छ त ? तथ्यांक अनुसार अहिले सम्म देशभर २४ जना नागरिकलाई बाघले आक्रमण गरेको छ । बाँके राष्ट्रिय निकुन्जका अनुसार २४ जनालाई अहिले सम्म बाघले आक्रमण गरेको र यि सबै आक्रमण बाघ संगको जम्काभेटका क्रममा भएको हो ।

    images

    ‘देशभर अहिले सम्म बाघले २४ जनालाई आक्रमण गरेको तथ्यांक छ,’ निकुन्जका प्रमुख श्याम शाह भन्छन् ‘यि सबै घटना बाघसंग मान्छेको जम्काभेटमा भएका घटना हुन् ।’ उनका अनुसार मान्छेसंगको जम्काभेटका क्रममा बाघले आँफूलाई असुरक्षित महशुस गर्छ । अनि आत्मरक्षाका लागि आक्रमण गर्ने गर्दछ । ‘बाघको मान्छे संग जम्काभेट भयो भने मात्रै उसले आक्रमण गर्ने हो,’ शाह भन्छन् ‘यो बेलामा बाघले आँफूलाई असुरक्षित महशुस गर्छ र आफ्नो रक्षाका लागि उसले मान्छेलाई आक्रमण गर्दछ ।’


    यसैगरि देशभर भएका बाघ आक्रमणका २४ घटना मध्य केहि घटनाहरु घाँस दाउरा काट्न गएका मान्छेमाथि आक्रमण भएको छ । घाँस दाउरा काट्दा मान्छे नदेखिने र बाघले त्यो बेला अन्य जंगली जनावर सम्झेर पनि आक्रमण गर्ने गरेको शाहको भनाई छ । ‘घाँस दाउरा काट्ने बेला मान्छे घाँस वा झाडीभित्र हुन्छ,त्यो बेला बाघले अन्य जनावर सम्झन्छ,’ शाहले भने ‘अनि अन्य जंगली जनार सम्झेरै मान्छेलाई आक्रमण गर्छ ।’ 


    तेस्रो आँखा