• ट्रेण्डिङ्ग :
गोरखामा धनसार भत्किँदा दुई जनाको मृत्यु

गोरखामा धनसार भत्किँदा दुई जनाको मृत्यु


  • 3.2K
    SHARES
    • आषाढ २०, २०८० बुधबार
    • ३ बर्षs अघि
    • 4.9K Views

    गोरखामा धनसार भत्किँदा दुई जनाको मृत्यु

    गोरखा, २० असार : गोरखाको गण्डकी गाउँपालिका–४ पाटापाटीमा मंगलबार बिहान धनसार भत्किएर मुत्यु हुनेको सङ्ख्या दुई पुगेको छ। बिहान स्थानीय जगतबहादुर बरामको बनाउँदै गरेको धनसार भत्किएर गम्भीर घाइते भएका ६५ वर्षीय रामकृष्ण बरामको उपचारका क्रममा अस्पतालमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय गोरखाका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक रमेशकुमार श्रेष्ठले जानकारी दिए।

    images

    गम्भीर घाइते भएका बरामको काठमाडौँको ट्रमा सेन्टरमा उपचारका क्रममा हिजो साँझ मृत्यु भएको उनले बताए। मृतक रामकृष्ण धनसार बनाउनका लागि जगबहादुरको घरमा मेला आएका थियो। दुर्घटनामा घरधनी जगतबहादुरकी श्रीमती ४५ वर्षीया मीना बरामको भने घटनास्थलमा नै मृत्यु भएको थियो। दुर्घटनामा घाइते भएका दुई जनाको अवस्था भने सामान्य रहेको उनले बताए।

    घाइते हुनेमा मृतक मीनाका श्रीमान् ४५ वर्षीय जगतबहादुर बराम, २१ वर्षीय छोरा सुजन बराम रहेका प्रनाउ श्रेष्ठले जानकारी दिए। घटनाको जानकारी पाएलगत्तै ताङ्लीचोक प्रहरीचौकीबाट प्रहरीको टोली घटनास्थलमा पुगेर घाइतेको उद्धार गरेको थियो। घटनाको थप अनुसन्धान सुरु गरिएको प्रनाउ श्रेष्ठले जानकारी दिए।


    तेस्रो आँखा