• ट्रेण्डिङ्ग :
कैलारी गाउँपालिकाले ११ जना कर्मचारीलाई सेवाबाट हटायो 

कैलारी गाउँपालिकाले ११ जना कर्मचारीलाई सेवाबाट हटायो 


  • 4.5K
    SHARES
    • श्रावण ८, २०८० सोमबार
    • ३ बर्षs अघि
    • 6.9K Views

    कैलारी गाउँपालिकाले ११ जना कर्मचारीलाई सेवाबाट हटायो 

    कैलाली ८ साउन/ कैलारी गाउँपालिकाले आफ्ना ११ जना कर्मचारीलाई सेवाबाट हटाएको छ । गाउँपालिकामा २०७४ देखि कार्यरत कर्मचारीहरुलाई साउन १ गतेदेखि सेवाबाट हटाइएको हो । सेवाबाट हटाइएका कर्मचारीले भने बिना कारण आफूहरुलाई निष्कासन गरिएको भन्दै आपत्ति जनाएका छन् । उनीहरुले आफ्नो पुनर्वहालीसहितका माग राख्दै गाउँपालिकालाई सोमबार ज्ञापनपत्र समेत बुझाएका छन् ।

    images

    गाउँपालिकाका कार्यवाहक अध्यक्ष धोजहरिपाल बोहरालाई बुझाइएको ज्ञापनपत्रमा भनिएको छ, ‘बिना कारण र बिना विकल्प सेवाबाट हटाउने गरी गरिएको निर्णयप्रति हाम्रो गम्भीर ध्यानाकर्षण भएको छ । जसबाट हामी निकै दुःखी भएका छौँ ।’ उनीहरुले आफूलाई हटाउने निर्णय फिर्ता लिन पनि माग गरेका छन् । आफूहरुलाई पुनर्बहाली गर्नुपर्ने, कार्य सम्पादन मूल्याङ्कन गर्नुपर्ने, समावेशी विकास कार्यक्रमलाई निरन्तरता दिनुपर्ने र आर्थिक भारको कारण भए त्यसको अन्य विकल्प खोजी समाधान गर्नुपर्ने उनीहरुको माग छ ।

    कैलारी गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत वीरबहादुर ऐरले गाउँ कार्यपालिकाले करार कर्मचारीको करार म्याद साउनदेखि नवीकरण नगर्ने निर्णय गरेको सुनाए ।

     


    तेस्रो आँखा