• ट्रेण्डिङ्ग :
कीर्तिमानी पर्वतारोहीलाई विमानस्थलमा स्वागत

कीर्तिमानी पर्वतारोहीलाई विमानस्थलमा स्वागत


  • 3.8K
    SHARES
    • श्रावण २०, २०८० शनिबार
    • ३ बर्षs अघि
    • 5.9K Views

    कीर्तिमानी पर्वतारोहीलाई विमानस्थलमा स्वागत

    काठमाडौं, २० साउन । तीन महिनामा १४ हिमाल आरोहण गरी विश्वकीर्तिमान कायम गरेका दुई जना पर्वतारोहीलाई स्वागत गरिएको छ । शनिबार नर्वेकी आरोही क्रिस्टिन हरिला र नेपाली गाइड तेन्जेन (लामा) शेर्पालाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा स्वागत गरिएको हो ।

    images

    शेर्पाले यही साउन ११ गते विश्वको दोस्रो अग्लो केटु हिमालको सफल आरोहण गरेका थिए । पर्यटन मन्त्रालय, पर्यटन विभाग, नेपालल पर्वतारोहण संघ लगायत विभिन्न पर्यटनसँग सम्बन्धित संघसंस्था एवं आरोहीहरु विमानस्थलमा सांस्कृतिक बाजागाजासहित स्वागतका लागि पुगेका थिए ।

    हरिला र शेर्पाले सगरमाथा, कञ्चनजंघा, ल्होत्से, मकालु, धौलागिरी, अन्नपूर्ण, मनास्लु,चो ओयु, शिशपाङ्मा, नङ्गा पर्वत, गाशरब्रम–२, गाशरब्रम–१, ब्रोडपिक र केटु हिमालको सफल आरोहण गरिसकेका छन् । 


    तेस्रो आँखा